आइसिसी विश्वकप लिग २ : युएईविरुद्ध पिएनजी पहिला ब्याटिङ गर्दै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १,

मुलुकमा आइसिसी विश्वकप लिग २ क्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज युएई र पपुवा न्युगिनी पिएनजीबीच खेल भइरहेकाे छ । श्रखलाको अन्तिम खेल खेल्न लागेको पिएनजीले र यूएईले सिधै एकदिवसीय मान्यता गुमाई सकेको हुनाले आजको खेल दुवै टोलीलाई प्रतिष्ठाको लडाईं मात्रै हुनेछ । कीर्तिपुर क्रिकेट मैदानमा भइरहेकाे यो खेलमा पिएनजीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुछारमा अन्त्य गर्नेछन्। पिएनजीले जितेको पाँच मध्य चार खेल युएईविरुद्ध छन्। युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुछारमा छ । नेपाल भने ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ सिधै ओडिआई मान्यता पाएको छ । बिहीबार युएईलाई हराए सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले क्वालिफायर खेल्नुपर्ने हुन्छ।

Like