लगातार दोस्रो जितको खोजीमा नेपाल

Share to:

एजेन्सी,

यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा आज शनिबार नेपालले कुवेतविरुद्ध खेल्दै छ। पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल लगातार कुवेतविरुद्ध पनि जित निकाल्न चाहान्छ। पहिलो खेलमा हङकङसँग पराजित कुवेत नेपालमाथि जित निकाल्न चाहान्छ। मालेक क्रिकेट ग्राउण्ड टुमा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार शनिबार बिहान १०:४५ बाट सुरु हुनेछ। नेपाली टोली देव खनालको कप्तानीमा बुधबार युएई प्रस्थान गरेको थियो। टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन्। प्रतियोगितामा आयोजक यूएईसहित नेपाल,सिंगापुर,कुवेत,हङकङ र मलेसियाको सहभागिता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

Like