लुम्बिनीका मुख्यमन्त्री र सभामुखले थालेका योजना अधुरा

Share to:

रासंसा/रुपन्देही, माघ २५,

मुलुकमा बुटवलदेखि सात किलोमिटर उत्तरमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म बनाउन लागिएको पदमार्ग (फुट ट्रयाक) हाल अलपत्र अवस्थामा छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको पदमार्ग निर्माणको काम सरोकारवालाले वेवास्ता गर्दा अलपत्र परेको हो । गत आर्थिक वर्ष २०७६÷७७ मा लुम्बिनी प्रदेशका तत्कालीन पर्यटन मन्त्री लिला गिरी र पाल्पा क्षेत्र नं. २ (ख) का प्रदेश सांसद तुलाराम घर्ती (वसन्त) ले सुरु गराएको उक्त योजना अलपत्र अवस्थामा छ । डिभिजन वन कार्यालय पाल्पाको संयोजनमा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले उक्त आयोजनाको ठेक्का लगाएको थियो । ठेक्का पाएको आकृति मालिका कन्स्ट्रक्सन प्रालिले जम्मा चार सय मिटरको दूरीमा ढुंगा बिच्छ्याउने काम गरेर अधुरो छाडेको छ । स्मरण रहोस्, हाल गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री र घर्ती सभामुख छन् । चार लाख रुपैयाँ खर्चेर डीपीआर तयार गरी २०७६ फागुन ३० मा ठेक्का सम्झौता र भदौ २७ गते शिलान्यास गरी सुरु गरिएको योजनाको काम दुई महिनामै रोकिएको थियो ।बल्ढेङगढीको कुमारीदेवि मन्दिर क्षेत्रबाट काम सुरु गरिएको थियो ।नुवाकोटदेखि बल्ढेङगढीसम्म २७ किलोमिटरको दुरीमा रहेको चुरे क्षेत्रमा पदमार्ग निर्माणको लागि पहिलो चरणमा १ करोड ८ लाखको टेण्डर भएको थियो । डीपीआर नै गलत भएको र गाडी चल्ने सडक पनि पदमार्गमा पर्ने भएकाले स्थानीयले अवरोध गरी काम रोकिएकोे सडक पूर्वाधार कार्यालय पाल्पाको भनाइ छ । पूर्वाधार विकास कार्यालयका प्रमुख अरुण गुप्ताले रातोपाटीसंग भने, ‘स्थानीयको विरोध भयो भनेर ठेकदारले काम रोक्यो, काम रोकिएपछि सुचारु गर्न कसैले पनि पहल गरेन ।’ ऐतिहासिक तथा धार्मिक पर्यटनका हिसावले पनि प्रसिद्ध रहेका बल्ढेङगढी र नुवाकोटगढीलाई जोड्न गरी पदमार्ग निर्माणको योजना अघि सारिएको थियो । पदमार्ग निर्माणको लागि लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्षको लागि १ करोड र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा ५० लाख गरी कुल डेढ करोड रुपैयाँको बजेट छुट्याएको थियो । ठेकेदारले १४ सय मिटर काम गर्नुपर्नेमा जम्मा ४ सय मिटर काम गरेको र १७ लाख रुपैयाँ भुक्तानी पनि दिइएको गुप्ताले बताए ।भदौ २७ मा उक्त आयोजनाको शिलान्यास सोही निर्वाचन क्षेत्रका तात्कालीन प्रदेश सांसद तुलाराम घर्तीले गरेका थिए ।आफ्नै निर्वाचन क्षेत्रको यो समस्या सुल्झाउन हाल सभामुख रहेका घर्तीले कुनै पहल गरेका छैनन् । ठेकेदारले १४ सय मिटर काम गर्नुपर्नेमा जम्मा ४ सय मिटर काम गरेको र १७ लाख रुपैयाँ भुक्तानी पनि दिइएको गुप्ताले बताए ।भदौ २७ मा उक्त आयोजनाको शिलान्यास सोही निर्वाचन क्षेत्रका तात्कालीन प्रदेश सांसद तुलाराम घर्तीले गरेका थिए ।आफ्नै निर्वाचन क्षेत्रको यो समस्या सुल्झाउन हाल सभामुख रहेका घर्तीले कुनै पहल गरेका छैनन् । त्यसमध्ये पहिलो चरणमा १४ सय मिटरको लागि १ करोड ८ लाखको ठेक्का लागेको थियो । ठेक्का पाएको आकृति मालिका कनस्ट्रक्सन प्रालिका ठेकेदार मनोज अर्याल (छवि) ले भने, ‘काम सुरु भएपनि डीपीआर गलत भएको भन्ने विवाद आयो, सरोकारवालाले चासो पनि दिएनन् । त्यसैले काम रोक्यौं ।’आफूले काम गरेअनुसार भुक्तानी पनि बुझेको उनले जनाए । ठेकेदारले १४ सय मिटर काम गर्नुपर्नेमा जम्मा ४ सय मिटर काम गरेको र १७ लाख रुपैयाँ भुक्तानी पनि दिइएको गुप्ताले बताए ।भदौ २७ मा उक्त आयोजनाको शिलान्यास सोही निर्वाचन क्षेत्रका तात्कालीन प्रदेश सांसद तुलाराम घर्तीले गरेका थिए ।आफ्नै निर्वाचन क्षेत्रको यो समस्या सुल्झाउन हाल सभामुख रहेका घर्तीले कुनै पहल गरेका छैनन् । तराई र हिमालको मनोरम दृष्य देख्न सकिने यो चुरे क्षेत्रको डाँडोमा पदमार्ग बनाउँदा नुवाकोट र बल्ढेङगढीमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा स्थानीयले गरेका थिए । सरदर तीन मिटर चौडाइमाढुंगा बिच्छ्याउने र किनारामा साइकलसमेत गुडाउन सकिने गरी पदमार्गको संरचना बनाउने गरी डीपीआर तयार गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा पर्ने यो चुरे क्षेत्रमा पदमार्ग निर्माणको काम अलपत्र पर्दा पालिका प्रमुखहरुले समेत कुनै पहल गर्न सकेका छैनन् । नुवाकोट पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा पर्छ भने बल्ढेङगढी रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ मा पर्छ । नुवाकोटगढीदेखि बल्ढेङगढीसम्म पुग्ने पैदलयात्री (ट्रेकिङ जाने) लाई सहज होस् भनेर ठाउँ ठाउँमा खानेपानी, आराम गर्ने स्थल, सेल्फी जोन, बास बस्न मध्यभागमा होमस्टे लगायतका संरचना बनाउने अवधारणासमेत लिइएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल बताउँछन् । नुवाकोट र बल्ढेङगढी पाल्पाका सेनवंशीय राजाका पालामा अंग्रेजसंग सामना गर्न निर्मित यी दुई गढीकिल्ला धार्मिक पर्यटनका हिसाबले पनि चर्चित छन् । बल्ढेङगढीमा कुमारी देवी र नुवाकोटमा निर्मित भैरव मन्दिरमा दर्शन गर्न जानेहरुकोसंख्या ठूलो छ । खास गरी वैशाखे पूर्णिमा, दसैंको अष्टमी, असारे पूर्णिमा लगायतका पर्वमा बल्ढेङगढीमा ठूलो मेला लाग्ने गरेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र हिमाल देख्न सकिने डाँडोको खोजी गर्दै आएका क्वाकले बल्ढेङगढी किल्ला नै त्यो स्थल भएको पत्ता लगाएका थिए । बल्ढेङगढीबाट अन्नपूर्ण हिमाल र लुम्बिनी र भारतका विभिन्न ठाउँएकैसाथ देख्नि सकिन्छ ।सन् २०१४ नोभेम्बरमा क्वाक यहाँ आएका थिए । ईसाको १४ औं शताब्दीतिर बलिहाङ राना नामक् राजाले राज्य गरेको यो क्षेत्रमा प्रदेश सरकारले बलिहाङ राजाको शालिक बनाउने निर्णय समेत गरेको थियो । तर त्यसबारे अहिलेसम्म कुनै पहल भएको छैन । बल्ढेङगढीको विश्व नागरिक मञ्चका अध्यक्ष एवं लुम्बिनी शान्ति सहरका परिकल्पनाकार प्रोफेसर डा. योङहुन क्वाकले पनि अध्ययन अवलोकन गरेर फर्केका छन् ।

Like