भारतले भर्चुअल सम्मेलन गर्ने

Share to:

एजेन्सी,

भारतले पुस २८ र २९ गते विशेष भर्चुअल शिखर सम्मेलन आयोजना गर्ने भएको छ। ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ विषयवस्तु अन्तर्गत ग्लोबल साउथका राष्ट्रहरूलाई साझा मञ्च प्रदान गरी उनीहरूका विचार तथा प्राथमिकता आदानप्रदान गर्ने उद्देश्यले उसले सम्मेलन गर्न लागेको हो। जी-२० को अध्यक्षता सम्हालेको भारतले त्यसमा आबद्घ नभएका राष्ट्रहरूलाई जी-२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न यो सम्मेलनले एक विशेष र बलियो अवसर प्रदान गर्ने पनि जनाइएको छ। सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ बाट सम्मेलन प्रेरित रहेको जनाइएको छ। ‘वसुधैव कुटुम्बकम्’ मान्यतामा आधारित भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरूबाट आएका सुझावलाई विश्वव्यापी रूपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्ने जनाइएको छ।

Like