राजेन्द्र लिङ्देनको उद्घोष, निर्वाचनमा अप्रत्याशित नतिजा आउँछ
रासंसा/काठमाण्डौ, कार्तिक ५,
मुलुकका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दावी गरेका छन्। आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए। शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दावी गरे। लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेरकाले राम्रा मान्छे पराजित भएकाले अब भने त्यस्तो अवस्था नआउने धारणा राखे। निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुने गरी मतदान गर्न उनले आह्वान गरे। त्यस्तै लिङ्देनले अन्य दलमा रहेकाहरूले पनि आफ्नो पार्टी सुधार्न रापपामा मतदान गर्नुपर्ने जिकिर गरे।