अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

सेना र नेपाल प्रहरीका निकायलाई बहाल कर बुझाउन महानगरको पत्र

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २३,

मुलुकमा पहिलो महानगरपालिका काठमाडौँ महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ। महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक-पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका हुन्। मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो। तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ।

Like