प्रधानमन्त्री देउवाको भनाइ, हतियार किन्ने सरकारको कुनै योजना छैन
रासंसा/काठमाण्डौ, आषाढ ३०,
मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार किन्ने सरकारको कुनै योजना नरहेको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। विदेशी मुद्रा सञ्चितिका घटेका कारण अर्थतन्त्र धरासायी बन्ने भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। जसले गर्दा सरकारको चाैतर्फी आलोचना भइरहेको छ। देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर किन हतियार किन्न लागेको भन्दै सदस्यहरु अर्जुननरसिंह केसी गोपालमान श्रेष्ठले देउवालाई प्रश्न गरेका थिए।
Like