Wednesday, October 21, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

तीन प्रदेशमा गर्मी बढ्दो, देशका केही ठाउँमा वर्षा

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २७,

मुलुकमा देशका केही ठाउँमा वर्षा भइरहेको छ। लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ। आज प्रदेश-१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद्का अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ। तर, लगातार पानी परिरहेकाले हल्का तथा मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्। केही प्रदेशमा वर्षाले बाढी पहिरोको जोखिम बढाए पनि यी तीन प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो छ। आज पनि यी तीन प्रदेशमा घाम चर्किने मौसमविद्को अनुमान छ।

Like