नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रसंरक्षण डटकम/काठमाण्डौ, कार्तिक २१,
मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज बानेश्वर स्थित रक्तदान चाेकमा नेपाल रेडक्रस साेसाइटी बानेश्वर उपशाखा र गंगादेवी चूचाेल टाेल सुधार समिति बुध्दनगर तथा भक्तपुर बिकास सहयोग समितिकाे सहयाेगमा नियमित रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न गरिएकाे छ ।
२०५२ सालदेखि नियमित उमेश तण्डुकारकाे संयाेजनमा आयाेजना हुँदै आई रहेको साे कार्यक्रममा आज बागमती प्रदेश सभासद् दीपेन्द्र श्रेष्ठ,स्थानीय १० कामनपा.वडाध्यक्ष रामकुमार के.सी. वडा सदस्य सतिश तण्डुकार र भक्तपुर बिकास सहयोग संघका संयोजक किरणराज सुवेदीकाे समेत उपस्थिति रहेकाे थियो । साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २९ जनाले रक्तदान गर्नु भएको थियोे ।
