Sunday, November 8, 2026
Latest:
तनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

नगरपालिकाको पर्यटन प्रवर्धनका लागि मर्स्याङ्दीमा जलविहार र पत्रकारसँग अन्तरक्रिया सम्पन्न

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
सुचना ब्युरो

​तनहुँ:।
भानु नगरपालिकाको पर्यटन प्रवर्धन तथा पर्यटकीय सम्भावना अध्ययनका लागि मर्स्याङ्दी नदीमा जलविहार (र्याफ्टिङ) र पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना तथा भानु नगरपालिका कार्यालयको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
​कार्यक्रमअन्तर्गत जिल्लाको तुरतुरेदेखि मर्स्याङ्दी रिसोर्टसम्म जिल्लाका करिब ४५ जना क्रियाशील पत्रकारहरूले प्रसिद्ध मर्स्याङ्दी नदीमा जलविहारको आनन्द लिएका थिए। जलविहारपश्चात् भानु नगरपालिकाको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।
​कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डे, नेपाल पत्रकार महासंघकी सचिव सोनी शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष धनपति अधिकारी, नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधि लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो।

Like