प्रहरी जवान विशाल रोका २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
सुचना ब्युरो
तनहुँ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान विशाल रोका २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
कार्यालयको नीति निर्देशन अनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले उनलाई यो सम्मान प्रदान गरेका हुन्।
रोकाले सम्पादन गरेका मुख्य उल्लेखनीय कार्यहरू:
अपराधसम्बन्धी अभिलेख व्यवस्थापन: जिल्ला र मातहतका कार्यालयहरूको अपराधसम्बन्धी अभिलेखहरू एकमुष्ट रूपमा दुरुस्त राख्ने, त्यसको विश्लेषण गरी प्रतिवेदन पेस गर्ने।
प्रतिवेदन सम्प्रेषण: तालुक कार्यालयमा पठाउनुपर्ने दैनिक, साप्ताहिक, पाक्षिक र मासिक प्रतिवेदनहरू त्रुटिरहित ढङ्गले समयमै पठाउने कार्यमा महत्वपूर्ण भूमिका।
साइबर अपराध तथा अनलाइन ठगी अनुसन्धान: कार्यालयमा प्राप्त हुने साइबर अपराध र अनलाइन ठगीसम्बन्धी उजुरीहरूको अनुसन्धानमा सक्रियता र महत्वपूर्ण योगदान।
आफ्नो पदीय दायित्व इमानदारिता, बफादारी र कर्तव्यनिष्ठताका साथ पूरा गरेकाले उनको उच्च कार्यसम्पादनको कदर गर्दै असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
