जीवनशैलीतनहुँ जिल्लाको विशेष समाचारप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारस्वास्थ्यहेडलाइन

तनहुँमा रक्तदान जीवनदान भन्ने नारासहित खुला रक्तदान सम्पन्न, १८ युनीट र रगत संकलन

Share to:


अन्जन राज न्यौपाने
गण्डकी प्रदेश

दमौली, तनहुँ
“रक्तदान जीवनदान” भन्ने पवित्र उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बिहान ८:०० बजे व्यास-३, अनसनचौतारी, तनहुँमा आयोजना गरिएको हो ।
बिना अतिथि र तामझाम बिना नै आयोजना गरिएको यस कार्यक्रमको शुभारम्भ कार्यवाहक सभापति नारायणी अधिकारीले ब्लड ब्याग हस्तान्तरण गरेर गरेकी थिइन्।
कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। यस रक्तदान कार्यक्रमबाट कुल १८ युनिट रगत संकलन गरिएको छ। मानवीय सेवा र रगतको अभाव टार्नका लागि यस किसिमका कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Like