तनहुँ जिल्लाको विशेष समाचारप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारराजनीतिसमाचारहेडलाइन

नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा तनहुँकी यमुना खड्का विश्वकर्मा मनोनीत

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ।
दमौली (तनहुँ) — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा तनहुँकी यमुना खड्का विश्वकर्मा मनोनीत भएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार एक कार्यक्रमका बीच खड्कालाई अध्यक्ष पदको मनोनयनपत्र हस्तान्तरण गरेका हुन्।
नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील खड्काको मनोनयनसँगै दलित संघले नयाँ नेतृत्व पाएको छ। दलित समुदायको हक, अधिकार र प्रतिनिधित्व सुनिश्चित गराउनुका साथै आगामी महाधिवेशनमा पार्टीभित्र दलित समुदायको सहभागिता सशक्त बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
मनोनयनपत्र ग्रहणपछि अध्यक्ष खड्काले दलित समुदायका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र संगठनलाई देशैभर चुस्त-दुरुस्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Like