एघारौँ ओमकार तथा हिन्दू महामिलन पर्व भव्यताका साथ सम्पन्न

एघारौँ विश्व ॐकार तथा हिन्दु महामिलन पर्व सम्पन्न
दमौली (तनहुँ): వేदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति को आयोजनामा सञ्चालित एघारौँ विश्व ॐकार तथा हिन्दु महामिलन पर्व २०८३ को समापन समारोह सम्पन्न भएको छ। कात्तिक १ गतेदेखि सुरु भई १५ गतेसम्म सञ्चालन भएको महामिलन पर्वको समापन समारोह दिउँसो १ बजे आयोजना गरिएको थियो।
वेदानुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव सत्यप्रसाद खनालले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्योपाने रहेका थिए। समारोहमा वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक कीर्तन शिरोमणि दामोदर बाबा, व्यास अन्न क्षेत्रका संरक्षक गोविन्द बाबा, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई, प्रा. डाक्टर के.वी. सम्राट, व्यास-३ कि वडा प्रतिनिधि विनु श्रेष्ठ, डाक्टर रघुनाथ न्योपाने तथा व्यास ज्योति भजन संकीर्तन समूहका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा बोल्दै वक्ताहरूले सनातन धर्म, संस्कृति, ॐकार परिवार तथा वैदिक परम्पराको संरक्षण र संवर्द्धनमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा स्थानीय श्रद्धालु भक्तजन, सन्त-महन्त तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
