टिम नेपोको ११औँ वार्षिक साधारण सभा सम्पन्न, तनहुँका सुजन लौडारी केन्द्रीय सहसचिवमा चयन

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।
टिम नेपोको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले आगामी कार्यकाल २०२७–२०३० का लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
जसअनुसार केन्द्रीय अध्यक्षमा अशोक गौतम चयन भएका छन् । उपाध्यक्षमा आयुष सापकोटा, सचिवमा शोभित जंग शाही, कोषाध्यक्षमा प्रवेश पण्डित र सहसचिवमा तनहुँका सुजन लौडारी चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमा रञ्जना कामी र सृष्टिना चौलागाईं चयन भएका छन् ।
तनहुँबाट केन्द्रीय सहसचिवमा चयन भएका सुजन लौडारी लामो समयदेखि युवा नेतृत्व विकास र सामाजिक कार्यमा सक्रिय छन् ।
Like
