एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहबाट, पहिले नै भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम
रासंसा/काठमाण्डौ, कार्तिक ९,
मुलुकमा नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री बालेन शाहले गरेका छन् । आजको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच भिडन्तमा छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री बालेन शाहले प्रतियोगिताको उद्घाटन गरेका छन् । त्यसक्रममा उनले दर्शकलाई फ्लाइङ किस समेत दिएका छन्। प्रधानमन्त्री शाहले मैदानमा पुगेर बल अम्पायरलाई हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक सुरुवात भएको हो।
Like
