कर्मचारी मिलन केन्द्र तनहुँद्वारा नयाँ कार्यालय प्रमुखको स्वागत र स- प्रजिअको बिदाइ

(व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लाई विदाई गर्नुहुँदै)
अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ।
कर्मचारी मिलन केन्द्र तनहुँको आयोजनामा बिदाइ, स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको सभाहलमा आयोजित कार्यक्रममा सरुवा भएर जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी तथा मिलन केन्द्रका सल्लाहकार दीपक रेग्मीलाई ‘फेरि भेटौँला’ कार्यक्रम अन्तर्गत बिदाइ गरिएको हो ।
सोही कार्यक्रममा जिल्लामा नयाँ आएका ३ कार्यालय प्रमुखलाई स्वागत गरिएको थियो । स्वागत गरिएका कार्यालय प्रमुखमा प्रदेश आयुर्वेद कार्यालयका प्रमुख वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकी प्रमुख सि.डि.इ. दीपा गौतम र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. ऋषि सापकोटा छन् ।
मिलन केन्द्रका उपाध्यक्ष अमर दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी प्रमुख अतिथि थिए । कार्यक्रममा बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत
सुकदेव लम्साल,
जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख र कर्मचारी मिलन केन्द्रका पदाधिकारीको उपस्थिति थियो भने सहजीकरण केन्द्रका सचिव ज्योति आचार्यले गरेका थिए ।
