नेपाली कांग्रेसकी सक्रिय नेत्री गौकुमारी न्यौपानेले १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि (खुला महिला) पदमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसकी सक्रिय नेत्री गौकुमारी न्यौपानेले १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि (खुला महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।
”राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को आदर्शलाई आत्मसात् गर्दै उनले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म नेपाली कांग्रेसलाई बलियो र विजयी बनाउने मुख्य उद्देश्य राखेकी छिन्।
गौकुमारी न्यौपानेका प्रमुख प्रतिबद्धताहरू:
पार्टी संगठनलाई थप मजबुत, सुदृढ र एकताबद्ध बनाउने।
युवा, महिला तथा पार्टीका सबै तहका कार्यकर्ताहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने।
जिल्ला तहमा कांग्रेसको संस्थागत र प्रभावकारी संगठन निर्माण गर्ने।
जनताका सुख-दुःखमा साथ दिँदै उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने।
आगामी दिनमा हुने सबै तहका निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन नेतृत्वदायी भूमिका खेल्ने।
”एजुजित कांग्रेस, समृद्ध कांग्रेस” को नारासहित उनले महाधिवेशनलाई ऐतिहासिक बनाउन सम्पूर्ण पार्टी पंक्ति र मतदाताहरूलाई आग्रह गरेकी छिन्।
