दमौली खानेपानीका कर्मचारीहरूको बढुवा तथा स्तरवृद्धि: संस्थाद्वारा सम्मान र बधाई ज्ञापन

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।

व्याँस (तनहुँ): यस संस्थामा लामो समयदेखि निष्ठा, लगनशीलता र उच्च दायित्वबोधका साथ सेवा पुर्याउँदै आएका ५ जना कर्मचारीहरूको पदोन्नति (बढुवा) तथा स्तरवृद्धि गरिएको छ।
संस्थामा कार्यरत कर्मचारीहरू शिबहरि पण्डित, दुक्तराज श्रेष्ठ, मेलबहादुर दरै, माधव वाग्ले र बुधे कुमालको बढुवा तथा स्तरवृद्धि भएको शुभ अवसरमा संस्थाको कार्यसमितिले एक विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई अबिर तथा खादा ओढाई सम्मान गर्नुका साथै बढुवा पत्र हस्तान्तरण गरेको हो । संस्थाको प्रगतिको मेरुदण्डका रूपमा रहेका कर्मचारीहरूको लामो समयको निरन्तर सेवा र योगदानको उच्च मूल्यांकन गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए।
कार्यसमितिका तर्फबाट नवबढुवा कर्मचारीहरूलाई औपचारिक रूपमा बढुवा पत्र प्रदान गर्दै उज्ज्वल भविष्य र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष बुदिमान श्रेष्ठले लगनशीलताको उचित मूल्याङ्कन र निरन्तरताको प्रतिफल नै सफलता भएको बताए ।
यस प्रकारका कार्यक्रमले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा थप ऊर्जा, उत्साह र उत्तरदायित्व बोध गराउँनेमा विस्वास राखेका छन। लामो समयको सेवा, इमानदारी र क्षमताको कदर गर्दा संस्था र कर्मचारीबीचको सम्बन्ध अझ सुदृढ हुनुका साथै संस्थागत उत्पादकत्वमा समेत सकारात्मक प्रभाव परेको छ।
