प्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसंचारसमाचारहेडलाइन

प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट

Share to:



अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ

कास्की । प्रहरी प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा सर्वोत्कृष्ट हुन सफल भएको छ। कार्यालयको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले सम्हाल्दै आएका छन्।
कार्यसम्पादन मूल्यांकनमा कार्यालयले उत्कृष्ट नतिजा हासिल गर्नुमा अपराध नियन्त्रण, अनुसन्धान प्रक्रियामा प्रभावकारिता, मातहतका प्रहरी इकाइहरूको नियमित अनुगमन तथा निरीक्षण र प्रहरी सेवाको गुणस्तर सुधारका लागि गरिएका प्रयासलाई महत्वपूर्ण मानिएको छ।
एसएसपी अधिकारीले नेतृत्व सम्हालेपछि प्रदेश प्रहरी कार्यालयअन्तर्गतका प्रहरी इकाइहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन तथा निरीक्षणलाई प्राथमिकता दिइएको बताइएको छ। अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउँदै शान्ति सुरक्षा कायम गर्ने विषयमा समेत कार्यालयले सक्रियता बढाएको छ।
त्यसैगरी प्रहरी कर्मचारीको मनोबल तथा उत्प्रेरणा अभिवृद्धिका लागि आन्तरिक गतिविधि, समन्वय तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। संगठनभित्र अनुशासन, जिम्मेवारीबोध र व्यावसायिक कार्यसम्पादनलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ।
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखराले हासिल गरेको यो उपलब्धिले प्रहरी संगठनभित्र नेतृत्व, कार्यसम्पादन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको महत्वलाई समेत उजागर गरेको छ।
अपराध नियन्त्रणदेखि प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धिसम्मका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको प्रदेश प्रहरी कार्यालय पोखराको कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट स्थान हासिल हुनु कार्यालयका प्रहरी कर्मचारीका लागि समेत उत्साह र प्रेरणाको विषय बनेको छ।

Like