अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

विश्व शान्ति ध्यान केन्द्रको आठौं साधारण सभा तथा चौथो महाधिवेशन २०८३ सम्पन्न

Share to:

रासंसा/काभ्रेपलान्चोक, आश्विन ३,

विश्व शान्ति ध्यान केन्द्रको आठौं साधारण सभा तथा चौथो महाधिवेशन २०८३ सम्पन्न भएको छ । केन्द्रका केन्द्रीय अध्यक्ष तथा स्वामी सच्चिदानन्द विशुद्धदेवका प्रथम शिष्य स्वामी कल्याण मित्रको सभाध्यक्ष र ब्यक्ती एक प्रतिभा अनेकका धनी पुर्व प्रशाशक डा. इन्दुल केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा पशुपति अन्नपुर्णा आश्रमकी संरक्षक माता भद्रकाली, हनुमानटार गीता पाठशालाकि अध्यक्ष गीता देवि शर्माको विशेष अतिथिको आतिथ्यता थियो । सभामा केन्द्रका पुर्व अध्यक्ष एवं सल्लाहकार राम प्रसाद शर्मा निम्बार्क सम्प्रदायका अनुयायी कृष्ण शरण आचार्य, ई. प्राध्यापक राम भन्डारी, पाशुपत योग आश्रमका प्रतिनिधि मेघ विलास देवकोटा, ज्येष्ठ नागरिक नातिमैया धौवडेल, पुर्व प्रशाशक एवं योगाचार्य शंकर मानन्धर, चरित्र निर्माण संघ भक्तपुर शाखाका अध्यक्ष गोपाल जी लोहला, माता दक्षिणकाली सावित्री श्रेष्ठ, टौदह कर्कटेश्वोर नाग माता सुपृया तामङ, सेल्फ अवाकेन मिसनकि प्रतिनिधि अनिता खनालको अतिथिको आतिथ्यता थियो । सभामा केन्द्रका सचिव सुमन भन्डारीले स्वागत मन्तव्यसाथ सबै अतिथी, विशेष अतिथी प्रमुख अतिथी तथा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । साधारण सभा तथा महाधिवेशनको विषयमा प्रकाश पार्दै सभाध्यक्ष स्वामी मित्रले संस्थाका मुल उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो । सभामा प्रमुख अतिथी डा. इन्दुल केसिले पानसमा दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो । सभामा कोषाध्यक्ष डा. के. बि. सम्राटले आर्थिक प्रतिवेदन प्रस्तुत गरि अनुमोदनका लागि राखिएको प्रस्ताव सभाले पारित गरिएको थियो । यस्तै अध्यक्ष रमेश राज फैजुले प्रगती विवरण तथा भावी योजना प्रस्तुत गरि अनुमोदनका लागि राखिएको प्रस्ताव सभाले पारित गरेको थियो । सभामा आठौं साधारण सभा तथा चौथो महाधिवेशन सफलताको शुभकामना दिंदै अतिथी, विशेष अतिथिगणले संस्थाका भावी योजना सहज र सरल रुपले उद्देश्य पूरा हुन सकुन भनी कामना गरेका थिए । सभामा आत्मस्वामी माधव अधिकारिले अति आवश्यक आसनको प्रदर्शन गर्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट डा इन्दुल केसिले स्वामी सच्चिदानन्द विशुद्धदेव र विश्व शान्ति ध्यान केन्द्रको सम्बन्ध नङ र मासुको जस्तो उद्देश्य रहेको र संस्था स्थापनाकाल देखि नै सहकार्य गर्दै आएको बताउंदै आजको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । सभाको बन्दसत्रबाट रमेशराज फैजु स्वामी कल्याण मित्रको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यकारी समिती निर्विरोध निर्वाचित भएका छन् । जसमा उपाध्यक्षमा डा. के. बि. सम्राट, कोषाध्यक्षमा कृष्ण शरण आचार्य, सचिवमा सुमन भण्डारी निर्वाचित भएका छन भने सदस्यहरुमा माता भद्रकाली, माता दक्षिणकाली सावित्री श्रेष्ठ, माधव अधिकारी निर्वाचित भएका छन । कार्यक्रम संस्थाका कोषाध्यक्ष एवं सेभ द नेशन टेलिभिजनका अध्यक्ष डा. के. बि. सम्राटले सन्चालन गर्नु भएको थियो । सभा कार्यक्रम सेभ द नेशन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम सभाध्यक्ष स्वामी कल्याण मित्रले संस्थाको आठौं साधारण सभा तथा चौथो महाधिवेशनको समापन गर्दै उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियोे ।

Like