द ओरियण्टल ईन्स्याेरेन्स् कम्पनीको ८०औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
रासंसा/काठमाण्डौं, भाद्र २७,
मुलुक्मा द ओरियण्टल ओरियण्टल ईन्स्याेरेन्स् कम्पनीको ८०औं स्थापना दिवस आज कार्यालयकाे आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रमकाे आयाेना गरि सम्पन्न भएको छ ।
कार्यक्रममा विशेष अतिथिकाे रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष प्रेमसागर कर्माचार्यका साथै त्रि.बि.बि. लायन्स रक्त सञ्चार सेवा केन्द्रया अध्यक्ष राजेन्द्र गिरीले आशण ग्रहण गर्नुभएको थियाे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत टाेटन चक्रवर्तीले बिशेष अतिथि द्वय:लाई मायाकाे चिनाे प्रदान गरिएको साे कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता तथा नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष प्रेमसागर कर्माचार्यले सम्मान स्वरूप प्रशंसा-पत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा महिला तथा पुरूषगरि जम्मा ६० जनाले रक्तदान गर्नुभएको थियोे ।
