प्रहरीद्वारा अदालतबाट फरार ३ जना प्रतिवादी पक्राउ

अन्जनराज न्यौपाने
राष्ट्र संरक्षण,
तनहुँ समाचार
जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरी कारागार पठाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट जारी प्रेस विज्ञप्ति नं. ५० अनुसार विभिन्न मितिमा जिल्ला अदालत तनहुँबाट लगत कसेका फरार प्रतिवादीलाई प्रहरी टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार
पक्राउ परेकाहरुको विवरण
1. कसुर: चेक अनादर
सजाय: रु. १०,००० जरिवाना
ठेगाना: लमजुङ सुन्दरबजार न.पा. ०५
पक्राउ स्थान: तनहुँ व्यास न.पा. २
2. कसुर: बाल यौन दुराचार
सजाय: ५ महिना कैद, रु. ४०,००० जरिवाना
ठेगाना: तनहुँ व्यास न.पा. वडा नं. ३
*पक्राउ स्थान: तनहुँ व्यास न.पा. २
3. कसुर: चोरी
सजाय: ४ महिना कैद, रु. ४०,००० जरिवाना
ठेगाना: तनहुँ व्यास न.पा. वडा नं. १
पक्राउ स्थान: तनहुँ व्यास न.पा. १
पक्राउ परेका तिनै जनालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराई फैसलानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।
प्रहरीले अदालतको फैसलाबाट फरार रहेका व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
