व्यास नगरपालिका स्थित सफा सडकमा पार्किङ निषेध

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ ।

दमौलीमा ट्राफिक नियम लागू भएको छ। पृथ्वी राजमार्ग पुनर्निर्माणपछि बजार फराकिलो भए पनि सफा सडकमै हुने अव्यवस्थित पार्किङले पैदलयात्री र चालकलाई सास्ती भएपछि व्यास नगरपालिकाले यो निर्णय गरेको छ।

१ सडक पार्किङमा पूर्ण प्रतिबन्ध गरिएको हो ।
– वडा नं. २, ३ र ४ को सिमानाभित्र पर्ने पृथ्वी राजमार्गको मुख्य सडक र सर्भिस लेन दुवैतिर कुनै पनि सवारी पार्किङ गर्न पाइँदैन।
– १५ दिनसम्म परीक्षणको रूपमा यो नियम लागू हुनेछ।

२. वैकल्पिक पार्किङ व्यवस्था
– शाखा सडक, चोक र अनसन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ।
– सबै बस, माइक्रो, जीप, ट्याक्सी, अटो अब *करङ्काठ बसपार्क*मा मात्र जानुपर्नेछ। त्यहाँ बत्ती, पानी, शौचालय र टिकट काउन्टरको व्यवस्था नगरपालिकाले गरेको छ।

३. एकतर्फी सडक प्रणाली लागू
मुख्य बजारको जाम हटाउन यी सडकमा एकतर्फी मात्र प्रवेश हुनेछ र पार्किङ निषेध छ:
– पृथ्वी राजमार्गबाट ग्रीनसिटी टोल हुँदै भेटघाट चोक जाने मार्ग
– पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षि चोक जाने मार्ग
– पुरानो बैंक लाइन न्युरोड चोकबाट कालिका मार्ग हुँदै राजमार्ग निस्कने सडक – ४ पाङ्ग्रे गाडीका लागि मात्र
– प्रहरी कार्यालयको दक्षिण पश्चिम चोकबाट दुर्गा मन्दिरतर्फ निस्कने सडक

४. यात्रु चढाउने/ओराल्ने नियम
– भोलटार चोक, ट्राफिक चोक, व्यास ३ सांगे चोक, न्युरोड, माछापुच्छ्रे बैंक अगाडि, गणेशमान चोकमा प्रत्येक रुटका लागि १/१ वटा मात्र सवारीले क्यु लगाउन पाउनेछन्।
– बजारभित्र यात्रु चढाउने/ओराल्ने समय बढीमा २ देखि ५ मिनेट तोकिएको छ।

५. फुटपाथ र निगरानी
– व्यवसायीले फुटपाथमा सामान राखेर बिक्री गर्न पाइँदैन। पैदलयात्रीका लागि फुटपाथ खुला राख्नुपर्छ।
– सीसीटीभी मर्मत, नयाँ क्यामेरा थप र जेब्रा क्रसिङ व्यवस्थापन जिल्ला प्रहरीसँग समन्वयमा हुनेछ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा भएको बैठकमा ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र यातायात व्यवसायी सबैको सहमति छ। नगरपालिकाको भनाइ अनुसार यो कदम बजारको सुरक्षा र पैदलयात्रीको सहजताका लागि चालिएको हो।

Like