आज रामानुजाचार्य जयन्ती, विश्व पृथ्वी दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ०९,

विश्व पृथ्वी दिवस
सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो ।
पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको सुरुवातका रूपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । राष्ट्र सङ्घको निर्णयपछि हाल एक सय ९२ बढी देशमा यो दिवस भव्यताका साथ मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ । सन १९७० वाट सुरुवात गरिएको यस दिवस सन २०२६ मा ५६ वर्ष प्रवेश गर्दछ, त्यस वेलासम्म पृथ्वीको प्रदूषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ । २०औँ सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौती हो । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् । ठुला ठुला हवाईजहाज र परमाणु बमहरू सृजना र निर्माण गर्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन, माटो प्रकृति हो, हावा प्रकृतिको प्रवृत्ति हो अनि पानी जीवन हो । यी सबै कुराहरूको रक्षा, सदुपयोग अनि उचित प्रयोगका बारेमा आज विश्व भरि कार्यशाला गोष्ठीहरू र अन्य कार्यक्रम गरिँदै १९३ बढी देशहरूमा मनाइन्छ ।
रामानुजाचार्य जयन्ती
रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तर मनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ । रामानुजाचार्यका गुरु यादव प्रकाश चाहिँ अदविता वेदान्तका अनुयायी थिए । स्मरण गरौँ, यस अदविता वेदान्त चाहिँ आदि गुरु शङ्कराचार्यले सुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरुसँग मतभेद भएपछि तामिल अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनि र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे । रामानुजाचार्यको ज्ञानको रिसले अन्य पुजारी र पण्डितहरूले धेरै पटक मार्ने प्रयत्न पनि गरे । कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुनियो । तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिए । यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् । रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तर मनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ । शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णव धारका मार्गदर्शक पनि मानिन्छन् । विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ ।

Like