आज गोरखकाली पूजा, अन्तर्राष्ट्रिय तटस्थ दिवस मनाइदै
रासंसा/काठमाण्डौ, मार्ग २६,
गोरखकाली पूजा
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
विजयी (जयन्ती), शुभ (मंगला), काली (उग्र), भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार), धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्।
यो श्लोक प्रायः सुरक्षा, सफलता, र आध्यात्मिक शक्तिको लागि देवीको आशीर्वादको लागि मन्त्रोच्चारण गरिन्छ ।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ। गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ । गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
अन्तर्राष्ट्रिय तटस्थ दिवस
जब कुनै देश तटस्थ हुन्छ, यसको मतलब उनीहरूले युद्ध वा द्वन्द्वको समयमा पक्ष लिइरहेका हुँदैनन । तटस्थताको सबैभन्दा प्रसिद्ध उदाहरण मध्ये एक देश चाँही स्विट्जरल्याण्ड देश हो। दुवै विश्वयुद्धमा स्विट्जरल्याण्ड तटस्थ रह्यो। स्थायी तटस्थ स्थितिको परिणाम स्वरूप, स्विट्जरल्याण्ड वर्षौंदेखि हजारौं शरणार्थीहरूको लागि सुरक्षित आश्रयस्थल बनेको छ।यूएन चार्टरको आर्टिकल २ मा संयुक्त राष्ट्रसंघको हरेक सदस्य राष्ट्रलाई आफ्नो अन्तराष्ट्रिय विवाद र मुद्दाहरू शान्तिपूर्णरूपमा कुनै दबाब र चुनौति सृजना नगरी सुल्झाउन आव्हान गरिएकोमा यस बुदालाई संयुक्त राष्ट्र संघको महासभाले आफ्नो ७१ ३७५ रेसुलेसनमा पनि मान्यता दिएको छ । फेब्रुअरी २ सन् २०१७ मा राष्ट्रसंघले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखिको स्वतन्त्र राष्ट्रको मान्यता दिएको हो, तसर्थ डिसेम्बर १२ लाई तटस्थता दिवसको रुपमा मनाउन थालिएको हो । रुस युक्रेन, इज्रेल प्यालेस्टाइन लगायत अन्य आसन्न विवाद तटस्थता दिवसको महत्त्व झनै बढी छ । विश्व शान्तिका लागि तटस्थताको पैरवी गर्नका लागि आज यस दिवसको रूपरेखा तयार पारिएको हो । विशेषगरी विश्वयुद्धताका ध्रुविकृत भएका देशहरूमा विश्व परिवेश भन्दा पनि गुटवन्दी र समुहको प्रभाव बढि देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ । राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ, राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा विवाद, मध्यपूर्व र पश्चिमा देशहरूको तनाव, उत्तर दक्षिण कोरिया विवाद लगायतहरुमा राष्ट्रसंघले तटस्थताको पैरवी र मध्यस्थतताको कार्य गर्दै आएको छ ।