स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण बास्तोलालाई सासु आमा शोक

Share to:

मिन बहादुर कुँवर/कास्की, मार्ग २५,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष तथा आदर्श समाज राष्ट्रिय दैनिकका प्रकाशक एवं प्रधान सम्पादक कृष्ण बास्तोलालाई सासु आमा शोक परेको छ । उहाकी धर्मपत्नी एवं आदर्श समाज राष्ट्रिय दैनिककी व्यवस्थापक दुर्गादेवी बास्तोलालाई मातृशोक परेको हो । उनकी आमा पोखरा–१४, छिनेडाँडा निवासी विष्णुमाया बरालको ९३ वर्षको उमेरमा आज बिहीबार साँझ चितवनको भरतपुर अस्पतालमा असामयिक निधन भएको छ । उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् । उनका एक छोरा कृष्णप्रसाद बराल, एक छोरी दुर्गादेवी बास्तोला एवं नातिनातिना र पनातिनातिना छन् । स्वर्गीय बरालको शुक्रबार दिउँसो १२ बजे गैंडाकोटस्थित आदर्श समाज परिसरबाट शवयात्रासहित देवघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । स्वर्गीय बरालप्रति चिर शान्तिको कामनासाथ भावपूर्ण श्रदान्जली साथै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति आराद्यदेव भगवान श्रीपशुपतिनाथासंग प्रार्थना गर्दछौं ।

Like