रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १८,

मुलुकमा वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ । वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान आज बिहिबार राति मछिन्द्रनाथको रथ तनी जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गाःबहाल पुर्‍याइएको छ । भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन् । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।

Like