Wednesday, October 21, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

थप पाँच नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १८,

मुलुकमा अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यामन कानुन उल्लंन गर्ने पाँच जनालाई निष्कासन गरिएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालहरूलाई धमाधम फर्काइँदै छ। अमेरिकी अध्यागमले यसअघि दुई पटक चार्टर्ड विमानमार्फत नेपालीलाई नेपाल ल्याइपुर्‍याएको थियो। निष्कासमा पर्नेमा म्याग्दी बेनीका कार्की, जाजरकोट त्रिवेणीका शाही, काठमाडौं बौद्धका लामा, डोल्पाका गुरुङ र ठेगन नखुलेका कडायत थरीका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये तीन जा एयर इन्डया र बाँकी दुई जना कतार एयरलायन्सबाट फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको हो। एकपटक ११ जना र दोस्रोपटक ३ जना नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको थियो। केही नेपालीहरूलाई भने विभिन्न एयरलायन्सबाट नेपाल निष्कासन गरिँदै आएको छ।

Like