थप ७ दिन हिरासतमा राख्न रवीन्द्र र दुर्गालाई अनुमति

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १४,

मुलुकमा काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका २४ जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले २४ जनाविरुद्ध अनुसन्धानका लागि थप सात दिनको समय प्राप्त भएको बताए। न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धानका लागि प्रहरीलाई यो म्याद दिएको हो। प्रसाईं र मिश्रले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन्। आइतबारको इजलासमा दुवैले आफ्ना कुरा राखेका थिए। यसअघिको इजलासले बयान र प्रमाण संकलन पूरा भएमा हाजिर जमानीमा रिहा गर्न सकिने जनाएको थियो।

Like