पहिलो नेपाली ‘ग्रान्डमास्टर’ तुलसी बने
रासंसा/हङकङ, चैत्र २०,
तेक्वान्दोमा ९ डानको उपाधि जति सम्मानजनक मानिन्छ उति नै यो विश्वस्तरमै प्रतिष्ठित पनि मानिन्छ। तेक्वान्दोका खेलाडीलाई यो स्तरसम्म पुग्न आफ्नो जीवन नै समर्पित गर्नुपर्ने हुन्छ । ‘यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । गुरुङले पाउनुभएको यो उपाधिले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उँचो बनाएको छ,’ ओलम्पियन दीपक विष्टले भने । उनका अनुसार ७ डान प्राप्त गरिसकेपछि ८ डानका लागि ७ वर्ष र ९ डानका लागि अर्को ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्छ । नेपाली तेक्वान्दो खेलमा कीर्तिमान बनाउँदै तुलसीकुमार गुरुङले सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने ९ डान प्राप्त गरेका छन् ।
गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले १८ चैतमा नतिजा घोषणा गरेको हो । यस वर्ष जुनमा आयोजना हुने कार्यक्रममा गुरुङलाई प्रमाणपत्र प्रदान गरिनेछ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले गुरुङको उपलब्धि राष्ट्रकै लागि गौरवको विषय भएको बताए । ‘यो उपाधि प्राप्त गर्न ४०/४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिक रूपमा तन्दुरुस्त हुनै पर्छ, ‘खड्काले भने, ‘संसारमै यो उपाधि दुर्लभ मानिन्छ । यो कठिन छ, समर्पण चाहिन्छ ।’ ६३ वर्षका गुरुङ हङकङमा बसोबास गर्छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत भइसकेका छन् । नेपालमा मात्र होइन, हङकङको खेलकुद इतिहासमा पनि यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले १८ चैतमा नतिजा घोषणा गरेको हो । यस वर्ष जुनमा आयोजना हुने कार्यक्रममा गुरुङलाई प्रमाणपत्र प्रदान गरिनेछ । १७ वर्षको उमेरदेखि तेक्वान्दोमा निरन्तर सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न निकै चुनौतीपूर्ण रहे पनि सफल भएकामा खुसी व्यक्त गरे । सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वल्र्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा सहभागी हुने अवसर जुरेको थियो । सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्यान्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए । त्यसो त नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् । २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए । सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ गठन गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् । १७ वर्षको उमेरदेखि तेक्वान्दोमा निरन्तर सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न निकै चुनौतीपूर्ण रहे पनि सफल भएकामा खुसी व्यक्त गरे । ‘तेक्वान्दो खेलप्रतिको मेरो प्रेम, निरन्तर मेहनत र समर्पणका कारण ९ डान प्राप्त हुन सकेको हो भन्ने मलाई लाग्छ, ‘गुरुङले भने, ‘यो उपाधि प्राप्त गर्न जति मेरो भूमिका छ, त्यति नै मलाई मेरो परिवारको हौसलाले भूमिका खेलेको छ । ’गुरुङले नेपालमा तेक्वान्दो खेलको विकासका लागि केही महत्वपूर्ण योजनाका साथ काम पनि गरिरहेका छन् । त्यो योजना एक वर्षभित्र पूरा गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । ‘तेक्वान्दोको प्रोजेक्टमा मैले काम गरिरहेको छु । त्यसमा नेपालभरीका तेक्वान्दो खेलाडीलाई सहयोग मिल्नेछ,’ उनले सुनाए,‘खेलाडीको सपना पूरा गर्न हाम्रो अधिकतम प्रयत्न रहनेछ,सम्भवत यही वर्ष हाम्रो प्रोजेक्टको काम सकिनेछ ।’ तेक्वान्दोमा ९ डानको उपाधि जति सम्मानजनक मानिन्छ उति नै यो विश्वस्तरमै प्रतिष्ठित पनि मानिन्छ। तेक्वान्दोका खेलाडीलाई यो स्तरसम्म पुग्न आफ्नो जीवन नै समर्पित गर्नुपर्ने हुन्छ । तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान दिने, असाधारण सीप र नेतृत्व क्षमता प्रमाणित गर्ने खेलाडीलाई मात्र यो उपाधि प्रदान गरिन्छ । सामान्यतः कम्तीमा ६० वर्षको उमेर कटेको तेक्वान्दो खेलाडीलाई मात्र यो उपाधि प्रदान गरिन्छ । ९ डान पाउने तेक्वान्दोका खेलाडीलाई ‘ग्रान्डमास्टर’ भनेर सम्बोधन गरिन्छ । यो उपाधि कुक्कीवोन (विश्व तेक्वान्दो मुख्यालय) र आईटीएफ (अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ) लगायतका अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूले प्रदान गर्छन् । विश्वमा यस्तो उपाधि प्राप्त गर्नेहरूको संख्या करिब ५० मात्र रहेको छ ।