सगरमाथा संवाद कार्यक्रमका इजिप्टका राष्ट्रपतिलाई लागि निमन्त्रणा

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २८,

मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिललाई निमन्त्रणा गरेका छन्। बुधबार साँझ टेलिफोन संवाद गरेर प्रधानमन्त्री ओलीले राष्ट्रपति खलिलाई नेपाल निमन्त्रणँ गरेका हुन्। नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो शृङ्खलाको आयोजना गर्न लागेको हो। वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप-२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। संवादका क्रममा संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदानप्रदान, दुई देशबीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो।

Like