चिया विकास बोर्डमा पाण्डे नियुक्त अनुचित लेनदेन जाँचबुझ आयोग गठन
रासंसा/काठमाण्डौ, फाल्गुण २६,
मुलुकमा मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको बैठकले उक्त आयोग गठन गर्ने निर्णय गरेको हो । बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको मन्त्रिपरिषद् स्रोतको दाबी छ । त्यस्तै बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
Like