सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि…
एजेन्सी/फाल्गुण १७,
विश्वमा भारतको उत्तर प्रदेश राज्यको बहराइचमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि..कैसरगञ्ज थाना क्षेत्र अन्तर्गत देवलखामा एक महिलालाई उनकै पतिले सार्वजनिक स्थलमै नाक टोकिदिएका हुन् । महाशिवरात्रिको अवसरमा निकालिएको र्याली हेर्न गएका छोराछोरीलाई खोज्न हिँडेकी महिलालाई बाटोमै पतिले नाक टोकेर घाइते तुल्याएका हुन् । सन्दीप नाम गरेका ती व्यक्तिले प्रहरीकै सामु पत्नीको नाक टोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पतिको टोकाइबाट घाइते महिलालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको र आरोपित पतिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । प्रहरीले यसबारे गम्भीर अनुसन्धान गरी कडाभन्दा कडा कारबाही हुने जनाएको छ । पीडित महिलाले दैनिक रूपमा पतिबाट शारीरिक र मानसिक यातना खेप्दै आएको बयान प्रहरीसमक्ष दिएकी छन् ।