Sunday, October 25, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

जेष्ठ नागरिक,विपन्न एकल तथा विभिन्न बिद्यालयका जेहेन्दार बालबालिकाहरूलाई सिरक तथा पाेशाक बितरण

Share to:

रासंसा/गोरखा, माघ २५,

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे बिशेष आयाेजनामा जेष्ठ नागरिक,विपन्न एकल तथा विभिन्न बिद्यालयका जेहेन्दार बालबालिकाहरूलाई सिरक तथा पाेशाक बितरण कार्यक्रमका साथै नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे कार्यालय उद्घाटन एवं बितरण कार्यक्रमकाे व्यानर बाचन गरि कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गर्नुभयो । नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाका अध्यक्ष रामबहाुर खड्काकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तब्य सुरेन लामिछाने र सहजिकरण कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो । विशेष अतिथि सुनिल एक्का र अतिथि शर्मिला का साथै विशेष सहयोग पुय्राउनु हुने अतिथि राजन भट्ट लगायतले शुभकामना एवं बधाई मन्तव्य व्यक्त गर्नुभयो थियोे । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर रक्तदाता प्रेमसागर कर्माचार्यले ६५ जनालाई न्यनाे सिरक र १०९ जना बिद्यार्थीहरूलाई पाेशाक वितरण गर्नुभएकाे थियो । साे कार्यक्रमका सभापति एवं जिल्ला अध्यक्ष रामबहादुर खड्काद्वारा प्रमुख अतिथिलाई मायाको चिनाे प्रदान गर सम्मान गर्नुभएको थियोे ।

Like