अदालतको ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न आदेश

Share to:

रासंसा/काठमाण्डौ, माघ ९,

मुलुकमा नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई प्रतिवादी बनाएर पीडितले दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधिशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले सो आदेश गरेका हुन् । २०८० जेठमा आफू महरबाट बलात्कृत भएको भन्दै पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको थियो । हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपनि मुद्दा चल्ने अवस्था नभएको भन्दै तामेलीमा राख्ने निर्णय गरेपछि पीडित सो निर्णयविरुद्ध उच्च अदालतमा गएकी हुन् । अदालतले अनुसन्धान प्रक्रिया ‘अघि बढाउ’ भनेको पीडितको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रातोपाटीलाई बताए । उनले भने, ‘पीडितको जाहेरी तामेलिमा राख्ने काठमाडौँ प्रहरीको निर्णय बिरुद्धको निवेदनमा सो आदेश भएको हो ।’ ‘तामेली उपर अनुसन्धान हुनुपर्छ’ भन्ने रिट जारी गरेर अदालते अरु दुईवटा रिट खारेज गरेको छ । अरु दुईवटा रिट जाहेरी दर्ता गर्न इन्कार गरेको र जाहेरवालालाई सनाखत नगराएको विषयमा भएको वरिष्ठ अधिवक्ता भण्डारीले बताए । डा.भण्डारी भन्छन्– ‘अदालतले तामेलीमा राख्ने प्रहरीको निर्णय उल्टाएर अनुसन्धान गर्नु भनेको हो ।’ २०८० जेठमा उनले पीडितलाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको आरोप छ ।

Like