राजेन्द्र लिङ्देन वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख
रासंसा/काठमाण्डौ, पौष २७,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउँदै सशक्त प्रतिवाद गर्ने बताए । त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलब्धिपूर्ण रहेको भन्दै अर्को वर्ष सरकार आफैले दिवस मनाउनुपर्ने सुझाव दिए । पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रूपमा बोलाउनुपर्ने संसद् नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फ उन्मुख देखिएको टिप्पणी गर्नुभएको हो । देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको बताएका हुन् । जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न दलका नेता कार्यक/\ता तथा शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।
