हश मनी मुद्दामा ट्रम्पलाई सजाय दिइने
एजेन्सी,
विश्वमा डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा सजाय सुनाइने भएको छ । न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने छन्। ट्रम्पले आफ्नो विरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जीतको प्रयोग गर्ने प्रयास गरेका जनाइएको छ। न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन वा जरिवाना गराउन सकिने जनाएका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्स मार्फत अदालतमा उपस्थित हुन सक्ने जनाइएको छ। उनलाई सजाय सुनाउने निर्णयको उनका समर्थकले आलोचना गरेका छन्। उनीहरुले यो मुद्धा तत्काल खारेज गर्न माग गरेका छन्। यो रकम ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई दिइएको थियो, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम डेनियललाई दिएका थिए। गत वर्षको मेमा ट्रम्पलाई पोर्न स्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो। ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्दैछन्।