मातृभूमि जागरण अभियान भीम रावलले घोषणा गरे, पार्टी पछि मात्रै

Share to:

रासंसा/काठमाण्डौ, पौष १७,

मुलुकमा नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका छन्। पार्टी भने पछि मात्रै घोषणा गर्ने उनले जानकारी गराएका छन्। जागरणमार्फत देशभर हिँड्ने र त्यहाँबाट प्राप्त सुझावअनुसार पार्टी घोषणा गर्ने रावलको तयारी छ। बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको घोषणा गरेका हुन्। उनले पार्टी बन्दा देशभक्त र वैकल्पिक शक्तिहरूसँग एकता हुने बताए। वैकल्पिक शक्ति अपरिहार्य बनेको उल्लेख गर्दै उनले भने, ‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिविम्बित गर्छ भन्ने ठानेको छु। अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’

Like