१७ सयको डेढ अर्ब मात्र बीमा दावी भुक्तानी
रासंसा/काठमाण्डौ, पौष १६,
मुलुकमा दशैंको पूर्वसन्ध्यामा अर्थात असोजको १० र ११ मा भएको बाढीपहिरोबाट १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँको क्षति पुगेको भन्दै ३ हजार ६ सय ७६ दाबी गरिएकोमा बीमा कम्पनीहरुले १ हजार ७ सय २० को मात्र बीमा भुक्तानी दिएको छ । कम्पनीहरुले भुक्तानी गरेको रकम दाबीको ९.६७ प्रतिशत मात्रै हो। नेपाल बीमा प्राधिकरणका अनुसार डेढ दर्जन निर्जीवन बीमा कम्पनीले १ हजार ५१४ दाबी भुक्तानी गरेका हुन्। दाबी भुक्तानीमा शिखर इन्स्योरेन्स अगाडि नेपाल बीमा पछाडि नेपाल बीमा प्राधिकरणका अनुसार गत विहिवारसम्ममा १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ दाबी भएको रकम भुक्तानी गरिएको छ । यसैंगरी शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा दावी सल्टाएको छ । सो इन्स्योरेन्समा ४ सय ५८ वटा दाबी परेकोमा ४ सय १५ वटा दावी भुक्तानी गरिसकेको छ । सो कम्पनीमा १ अर्ब १४ करोड २३ लाखको दावी परेकामा ३१ करोड ३८ लाखको मात्र दावी रकम भुक्तानी गरेको देखिएको छ । प्राधिकरणका अनुसार सवैभन्दा वढी बीमा दावी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा गरिएको छ । सोही कम्पनीले नै सवैभन्दा वढी दावी भुक्तानी पनि गरिएको छ । सिद्धार्थमा ५ सय ११ वटा दाबी परेकोमा हालसम्ममा २ सय ४७ वटा दावी भुक्तानी गरिएको छ । सो इन्स्योरेन्समा २ अर्ब ६३ करोडको दावी परेकोमा ३० करोड ३५ लाख रुपैयाँ मात्र दावी भुक्तानी गरिएको छ । नेपाल बीमा प्राधिकरणले बाढी पहिरोमा सम्पत्ति बीमाको सर्वाधिक ९ अर्ब २४ करोड ५८ लाख रुपैयाँको दाबी आएको थिया । जसमा १ अर्ब ११ करोड ५८ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ। सम्पत्ति बीमा १ हजार ७ सय ७३ वटा दाबी परेको थियो । जसमा ७ सय ४८ वटाको दावी भुक्तानी भइसकेको जनाइएको छ । यसैंगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २ अर्ब ८७ ५२ लाख करोड रुपैयाँ दाबी परेकामा ५ करोड ७ लाख रुपैयाँ भुक्तानी भएको छ। जसमा ३ सय २१ वटा दाबी परेको थियो भने ६१ वटाको दावी भुक्तानी भएका छ । ५५ वटा पशुपन्छि बिमा दावीमा ३२ वटाको भुक्तानी भएको र कृषि बालीमा १ सय ३७ वटा दावी रहेकोमा १ सय १८ वटाको भुक्तानी भइसकेको तथ्यांक प्राधिकरणको रहेको छ । त्यस्तै ९५४ वटा मोटर बीमा दाबी मध्यै ५३१ वटा सल्टिसकेको छ । सार्वजनिक मोटर बीमा ३ सय ९२ वटा दाबीमा २ सय ५ वटाको दावी भुुक्तानी भएको छ । बाढी पहिरोमा बागमतिमा वढी क्षति भएको भए पनि देशभरी नै बीमा दावी भएको पाइएको छ । प्राधिकरणका अनुसार कोशीमा २ सय ६६ वटा दाबी परेकोमा १ सय ५६ वटाको भुक्तानी भएको छ । मधेश प्रदेशमा १ सय ५ वटामध्ये ३१ वटाको दाबी भुक्तानी भएको छ । यसैंगरी बागमतिमा ३ हजार २ सय ९ वटा बीमा दाबी भएकोमा १ हजार ५ सय ९ वटा मात्र सल्टिएको छ । बागमतिमा ११ अर्ब २७ करोड ५५ लाख रुपैयाँको दाबी रहेकोमा १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २० करोड ४३ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १३ करोड ६३ लाख, नेको इन्स्योरेन्सले १० करोड ३४ लाख रआईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ११ करोड ६५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । गण्डकीमा ३६ वटा दाबी परेकोमा ७ वटा भुक्तानी भएको तथ्यांक छ । यसैंगरी लुम्बिनीमा ४६ वटा दाबी परेकोमा १५ वटाको भुक्तानी भएको छ । कर्णालीमा भने ८ वटामा ४ वटा र सुदुरपश्चिममा ६ वटामा २ वटाको दाबी भुक्तानी भइसकेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ वटाबाट ५ लाख ४० हजार रुपैयाँ माग दाबी परेको छ । जसमा ६ वटा दाबीको १ लाख १८ हजार ९४१ हजार रुपैयाँ भुक्तानी भएको छ । सानिमा जिआईसी इन्स्योरेन्समा २२८ वटा दाबीबाट ९५ करोड ३६ लाख ७२ हजार ८०५ रुपैयाँको माग दाबी परेको छ । जसमा ५७ वटा दाबीबाट १३ करोड २१ लाख ७७ हजार ५७९ रुपैयाँ दाबी भइसकेको छ । दि ओरियन्टल इन्स्योरेन्समा १८३ वटाबाट १ अर्ब ३७ करोड ६१ लाख ४० हजार ३५४ रुपैयाँ दाबी परेको छ । जसमा १४७ वटा दाबीबाट ५ करोड ३ लाख १९ हजार ७ रुपैयाँ भुक्तानी भएको छ । एनएलजी इन्स्योरेन्समा २०० वटा दाबीबाट ७७ करोड ४१ लाख १४ हजार ८०४ रुपैयाँ दाबी परेको छ । जसमा ५९ वटाको ८ करोड ४ लाख ३५ हजार ५३२ रुपैयाँ भुक्तानी भएको छ । नेशनल इन्स्योरेन्स कम्पनीमा मा ११३ वटा दाबीबाट ४८ करोड ३६ लाख २५ हजार ५४२ रुपैयाँ दाबी परेको छ । उक्त दाबीमा १२ वटाको १ करोड ८५ लाख ९६ हजार २२ रुपैयाँ भुक्तानी भएको छ । युनाइटेड अजोड इन्स्योरेन्समा ३३४ वटा दाबीबाट ७४ करोड ८० लाख ३२ हजार ८८५ रुपैयाँको दाबी परेको छ । जसमा ८७ वटा दाबीको २ करोड ६४ लाख ७१ हजार १४२ रुपैयाँको दाबी भुक्तानी भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा १८७ वटा दाबीबाट ४१ करोड ३९ लाख १० हजार १२२ रुपैयाँ दाबी परेको छ । जसमा ५९ वटाको २ करोड १३ लाख ९९ हजार ७३६ रुपैयाँ दाबी भुक्तानी भएको छ । राष्ट्रिय बिमा कम्पनीमा २० वटाको २० करोड ७३ लाख ७० हजार रुपैयाँको दाबी परेकोमा एक रुपैयाँ पनि भुक्तानी भएको तथ्यांक नभएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्रभु इन्स्योरेन्समा १३७ वटा दाबबिाट २८ करोड ७९ लाख १५ हजार ९०० रुपैयाँको दाबी परेको छ । जसमा ४९ वटाबाट १ करोड ३२ लाख ८० हजार ९४५ रुपैयाँको भुक्तानी भएको छ । स्टार माइक्रो इन्स्योरेन्समा १० वटाको ३६ लाख ६५ हजार रुपैयाँ दाबी परेकोमा ३ वटा दाबीको २५ हजार ४१२ रुपैयाँ भुक्तानी भएको छ । नेपाल माइक्रो इन्स्योरेन्समा ४ वटाको ६ लाख ५० हजार रुपैयाँ दाबी परेकोमा छ । जसमा ४ वटाको ५ लाख १ हजार ८८८ रुपैयाँ भुक्तानी भएको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा दाबीबाट १५ लाख २० हजार रुपैयाँ दाबी भएकोमा २ वटाको २ लाख ६० हजार ६८४ रुपैयाँ भुक्तानी भएको छ ।