जीवनको सन्तुलन र आत्मशान्तिको आधार निद्रा

Share to:

रासंसा/तनहुँ, पौष १२,

निद्रा जीवनको एक अनिवार्य पक्ष हो, जसले शरीर, मस्तिष्क र मनलाई विश्राम दिन्छ। यो केवल थकान मेटाउने प्रक्रिया मात्र नभई जीवनलाई ऊर्जावान् र सन्तुलित बनाउने साधन हो।

निद्राको माध्यमवाट थकानले भरिएको शरीरलाई नयाँ ऊर्जा प्रदान गरिन्छ। आधुनिक समाजमा निद्राको महत्वलाई नजरअन्दाज गरिँदैछ। व्यस्त जीवनशैली, प्राविधिक उपकरणको अत्यधिक प्रयोग र मानसिक तनावले मानिसलाई निद्राबाट वञ्चित गराउँदैछ। परिणामस्वरूप, शारीरिक र मानसिक सन्तुलनमा ह्रास आउन पुग्दछ। निद्राको प्रभाव केवल शारीरिक थकानमा मात्र सीमित छैन, यसले मानसिक र आध्यात्मिक जीवनमा समेत गम्भीर असर पार्दछ।

सबै प्राणीहरूको जीवनमा शान्ति, विश्राम, र पुनःस्थापनाको रूपमा उपस्थित निद्रा केवल थकान मेटाउने साधन मात्र होइन, जीवनको निरन्तरता र सन्तुलन कायम गराउने अनिवार्य प्रक्रिया हो। जीवनमा शरीर, मस्तिष्क र आत्मालाई नयाँ ऊर्जा प्रदान गर्ने शक्ति बोकेको निद्राको महत्वलाई मानिसले कम आकलन गरिरहेको छ।जीवनको निरन्तरता, शान्ति र पुनःस्थापनाका लागि निद्रा अपरिहार्य छ, यसर्थ, यसको महत्वलाई कहिल्यै नजरअन्दाज गर्नु हुँदैन।

पर्याप्त निद्रा नहुँदा शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्छ, मन स्थिर रहँदैन र निर्णय क्षमतामा कमी आउँछ। यति मात्र होइन, दीर्घकालीन रुपमा निद्राको अभावले गम्भीर रोग निम्त्याउन सक्छ। शरीर विज्ञानको आध्यात्मिक दृष्टिले, निद्राको बेला शरीरले आफैलाई मर्मत र पुनःनिर्माण गर्छ। यसले दिमागलाई नयाँ ज्ञान ग्रहण गर्ने र स्मरण गराउने क्षमता प्रदान गराउदछ।

निद्राले शरीरलाई नयाँ ऊर्जा प्रदान गर्छ। दिनभरि खपत भएको ऊर्जा पुनःस्थापना गर्न र प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन निद्राको भूमिका अपरिहार्य छ।निद्रा शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक शान्ति र भावनात्मक स्थिरताका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ। मस्तिष्कले निद्राको समयमा नयाँ ज्ञानलाई संगठित गर्ने र अनावश्यक चिन्तालाई हटाउने काम गर्छ। निद्राको कमीले मानिसमा तनाव, चिडचिडापन र मानसिक अस्थिरता ल्याउँन सक्दछ।

निद्रा केवल शारीरिक आवश्यकतामात्र होइन, आध्यात्मिक पक्षसँग पनि उत्तिकै सम्बन्धित छ। निद्राको अवस्थालाई ध्यानको प्रारम्भिक रूप मान्न सकिन्छ। निद्राको समयमा मानिसको चेतना संसारिक क्रियाकलापबाट अलग्ग भई आन्तरिक शान्तिकालमा प्रवेश गर्छ। जहाँ मानिसले आफ्ना अनावश्यक तनावहरूबाट मुक्ति पाउँछ। आध्यात्मिक दृष्टिले, निद्रा आत्मशुद्धिको माध्यम हो, जसले मानिसलाई आन्तरिक ऊर्जा संचित गर्न र आफ्नो अस्तित्वको समिप रहन मद्दत गर्छ।

निद्रा मानव जीवनलाई प्रकृतिसँग जोड्ने महत्वपूर्ण सूत्र हो। सबै प्राणीहरूको जीवनमा निद्रा शान्ति र विश्रामको चक्र हो, जीवनलाई सन्तुलित राख्न विश्राम र पुनःसञ्चालनको प्रक्रिया अपरिहार्य छ। यसर्थ, प्रकृतिको नियमानुसार जीवनको हरपलमा विश्रामको समयलाई सम्मान गर्नुपर्दछ।

जसले निद्रामा शान्ति पाउँछ, उसले जागरणमा सुखानुभूति गर्दछ। निद्राले हामीलाई हाम्रो अनावश्यक चिन्ता र तनावबाट मुक्त गर्ने शक्ति दिन्छ। यसले जीवनको सन्तुलनलाई कायम राख्न मद्दत गर्छ। यदि निद्राको समयलाई व्यवस्थित गरियो भने, मानिसले आफ्ना सपनालाई मात्र होइन, जागृत जीवनलाई पनि व्यवस्थित गर्न सक्छ।

आजको युगमा मानिसले निद्राको महत्त्वलाई अज्ञात ठान्दै आफ्नो व्यस्ततालाई प्राथमिकतामा राखेका छन्। वास्तवमा निद्रा विलासिता होइन, यो त जीवनको आधारभूत आवश्यकता हो। निद्राको अभावले मानिसको भौतिक जीवन मात्र होइन, उसको आध्यात्मिक यात्रालाई पनि असर पार्छ। निद्रालाई समयको बर्बादी ठान्ने प्रवृत्ति परिवर्तन गर्न जरुरी छ। पर्याप्त निद्रा भनेको स्वस्थ शरीर, स्थिर मन र शुद्ध आत्माको सम्मिलन हो।

निद्रालाई समयको बर्बादी ठान्ने प्रवृत्ति परिवर्तन गर्न जरुरी छ। अध्यात्मले निद्रालाई आत्मिक यात्राको महत्त्वपूर्ण साधनका रूपमा व्याख्या गरेको छ। जब मानिसले आफ्नो निद्रालाई व्यवस्थित बनाउँछ, उसको जागरित अवस्था पनि ऊर्जाशील र सन्तुलित वन्दछ।

आध्यात्मिक दृष्टिले, निद्रा केवल विश्राम होइन, आत्माको शुद्धिकरण र मानसिक शान्तिको माध्यम हो। निद्रा अवस्था हाम्रो चेतना केही समयका लागि संसारिक व्यस्तताबाट अलग भएर मौनतामा प्रवेश गर्ने अवस्था हो। यसर्थ, निद्रा मानव जीवनमा आध्यात्मिक उन्नतिको माध्यम पनि हो।

आजको युगमा मानिसले निद्राको महत्त्वलाई अज्ञात ठान्दै आफ्नो व्यस्ततालाई प्राथमिकतामा राखेका छन्। प्रविधिको अत्यधिक प्रयोग र अस्वस्थ जीवनशैलीले मानिसलाई पर्याप्त निद्राबाट वञ्चित गरिरहेको छ। यो केवल शारीरिक थकानको कारण होइन, दीर्घकालीन रूपमा जीवनको सन्तुलन नै बिगार्न सक्ने अवस्था हो।

निद्राको समयमा मात्र मानिस पूर्ण रूपमा आफ्ना चिन्ताबाट मुक्त हुन्छ। यो शान्ति र ताजगी प्राप्त गर्ने समय हो, जसले मानिसलाई आफ्नो चेतना र आत्माको गहिराइमा पुर्याउन मद्दत गर्दछ। यसैले, निद्रालाई केवल समयको बर्बादीको रूपमा नहेरी जीवनको सन्तुलन र उन्नतिको आधारका रूपमा स्वीकार गर्नुपर्दछ।

हामी प्रकृतिसँग जोडिएका छौं। हाम्रो जीवनलाई सन्तुलित र ऊर्जाशील राख्न, प्रकृतिले दिएको निद्राको चक्रलाई सम्मान गर्न सिक्नुपर्छ। शारीरिक, मानसिक, र आध्यात्मिक ताजगीका लागि निद्रा जीवनको एउटा अविभाज्य अंश हो। यसलाई व्यवस्थित गरेर मात्र हामीले जीवनलाई अझ सन्तुलित, शान्त, र अर्थपूर्ण बनाउन सक्छौं।

यसैले, निद्रालाई केवल शारीरिक थकान मेटाउने साधनमात्र नठानी, जीवनलाई उन्नत बनाउन र आध्यात्मिक शान्तिमा लीन हुन आवश्यक साधनको रूपमा आत्मसात् गरौँ।

जय अघोर।

Like