निलकण्ठ सवार मार्ग, त्रिदेशिय अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय क्षेत्र

Share to:

रासंसा/काठमाण्डौ, पौष ०६,


बिश्व उलक, खोपासी
पनौती नगरपालिका – १०

हिन्दुहरु समुन्द्र मन्थन र देवादि देव माहादेववले कालकुट बिष सेवन गरि श्रृष्टी संरक्षण गरेकोमा गर्व गर्दै पटक पटक भनेर थाक्दैनन् । देवादि देव माहादेवका कृयाकलापहरुको संझनामा वहाँको शक्तिलाई सम्मान गर्न संसारका बिभिन्न स्थानमा प्रसस्त शिला, मूर्ती तथा मन्दिरहरु स्थापना गरिएका तथा भै रहेका छन् । यस लेखमा कालकुट बिषपान गरी संसारलाई दुर्घटना हुनबाट बचाई क्षिरसागर बाट फिर्ति सवार हुनुभएको पूणर्मार्गको उजागर गरी देवादि देव माहादेव प्रती एउटा सम्मान र सम्ंझना गर्न खोजेका छौ ।
श्रीमद्भागवत पुराण, बिष्णु पुराण तथा हिन्दु शास्त्रका अन्य कथाहरु अनुसार सत्य युगमा देवता र दानवहरुको बिच दुग्ध (क्षीर) सागरमा मन्दराचल पर्वतको मदानी र बासुकी नागको नेती बनाएर अमृत प्राप्तीको लागी समुन्द्र मन्थन गरेका थिए । समुन्द्र मन्थनबाट अमृत सहित धेरै राम्रा चिजहरु निस्किए । निस्कने क्रममा सर्वाधिक बिषालु हलाहल कालकुट बिष पनि निस्कियो । हलाहल कालकुट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन थाल्यो साथै ब्रम्हाण्डमा श्रृष्टि भएका सारा जिव, निर्जिव बस्तुहरु पनि ध्वस्त हुने खतरा बढ्यो । देव-दानवहरु आत्तिन थाले र उनिहरुले यस्को समाधानको लागी देवादी देव माहादेवको आराधना गर्न थाले । देव-दानव तथा मानवहरुको आराधना र कालकुट बिषको प्रभाव देखेर भगवान शिव कैलाशबाट समुन्द्रमन्थन स्थल सवार भै जगतकल्याणको लागी हलाहल कालकुट बिष आपैmले पिएर बिनासबाट बचाउन प्रयत्न गर्नुभयो । हलाहल कालकुट बिष सेवनलाई फोक्सो, मुटु तथा पेटमा नपुर्‍्याउन ज्यानको सुरक्षार्थ पार्वतीले देवादि देव माहादेवको घाँटीमा नै अडकाई दिनुभयो र शिवको कण्ठ निलो हुनगयो । त्यसैबेला देखी शिवलाई “निलकण्ठ” पनि भनिन थालियो । कण्ठमा अडकेको हलाहल कालकुट बिषको डहनमा शितलता तथा छुटकारा पाउन छटपटिदै क्षिर सागरबाट कैलाश तर्पm फिर्ती सवार हुनु भयो ।
हिन्दुहरुको बिश्वास अनुसार समुन्द्र मन्थनमा प्रयोग भएको मदानी मन्दराचल पर्वत भारतको, बिहार प्रान्त, बाँका जिल्लाको भागलपुर स्थित मन्दार पर्वतलाई जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.ग(ढखःmाहशघय र जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.द्धग्ऋाबडउव्भ्वय (थप जानकारीको लागी यो यू टूब हेर्नु होला) मन्दराचल पर्वत भनि हरेक बर्ष माघ महिनामा धार्मीक मेला लाग्ने गर्दछ । निलकण्ठ माहादेव र बासुकी नाग कैलाश फर्कने क्रममा क्षीर सागर (मन्दार) बाट गंगा नदी हुँदै नेपालको सप्तकोशी, बराहक्षेत्र? (हिमवतखण्ड अनुसार समुन्द्र मन्थनबाट निस्केको अमृतघडाबाट अमृतको थोपा धरान पिंडेश्वरमा खसेको र यस्को उत्तर पश्चिम सप्तकोशीको संङ्गममा बराहक्षेत्र (चतरामा ५९ फुट अग्लो कुम्भस्तम्भ निर्माण गरिएको छ) बाट सुनकोशी पछ्याउँदै सुनकोशी र रोसी (लिलावती) को संगम कुशेश्वर (स्वस्थानी कथा अनुसार सतिदेवीको केश पतन भएको तथा तथा हिमवतखण्ड अनुसार ६४ लिंङ्ग मध्य पहिलो लिंङ्ग भएको र आदी लिंङ्ग बाट परिचित स्थान) बाट रोसी तर्पm लाग्नु भएको स्थानियहरुको कथन छ । बिष डाहनबाट छटपटीएर रोसी खोलाको बाटो भएर सवार हुनुभएका निलकण्ठलाई माहामायाँ पार्वतीले हालको पनौती नगरपालिका वडा नं. ११ बल्थलि रोसी खोलाको किनार नेपाने स्थित सुरुङ्ग मार्ग बाट भित्र लैजान सुरुङ्गको मुख माथी अदृष्य भेै सितलतादिन आफ्नो दुध झार्नुभयो । देव देवीहरु उक्त सुरुङ्गको मुख नजिकबसेर निलकण्ठको शान्तिको पुकार गर्नथाले । महादेव पनि सितलता र शान्तिको लागी दुधको झरणा ग्रहणगर्दै सुरुङ्ग मार्ग भित्र पस्नुभयो । पछी उक्त सुरुङ्ग मार्गको मुखमा ढुंगाको शिला स्थापना गरी लडकेश्वरको जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.ान्द्यत्रब्ठग्मच्छत्त (थप जानकारीको लागी यो यू टूब हेर्नु होला) नामले निलकण्ठको पूजा गर्न थालियो । सुरुङ्गको अर्को तर्पm हालको पनौती नगरपालिका वडा नं. १० खोपासी, किटनी, रोसी नदीको किनारमा रहेको सुरुङ्ग मार्गको मुख माथीबाट निलकण्ठ लाई सितलता दिन महामायाँ पार्वतीले आफ्नो दुध झार्नुभयो । त्यहाँ पनि देव देवीहरु उक्त सुरुङ्गको मुख अगाडी बसेर निलकण्ठको लागी शान्तिको पुकार गर्नथाले । दुधको झरणा ग्रहणगर्दै माहादेव सुरुङ्ग मार्ग बाट निस्केर रोसी खोलैखोला माथीतिर लाग्नु भयो । पछि उक्त सुरुङ्ग मार्गको मुखमा सालिकग्राम आकारमा ढुंगाको शिला स्थापना गरी फडकेश्वरको जततउकस्ररथयगतग।दभरबडव्लव्थमच्चय (थप जानकारीको लागी यो यू टूब हेर्नु होला) नामले निलकण्ठको पूजा गर्न थालियो । हालआएर लडकेश्वर र फडकेश्वरमा दैनिकी पूजा, प्रर्थनाको साथमा ठूलो एकादशी अर्थात हरिशयनी एकादशी (निर्जला एकादशी) का दिन चतुर्मास अन्त्यको ठूलो मेला लाग्दछ । समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटीएर कैलाश फिर्तीसवार निलकण्ठ (देवादी देव माहादेव) संग फर्किएका मन्दराचल पर्वतका नेती बासुकी नाग, कुञ्ज पर्वत (फुलचोकी) बाट राजा दिर्घरथको अनुनय बिनयमा भगवती माईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिको लागी बहनु भएका लिलावती (लक्ष्मी) र स्वर्गका अप्सराहरुका उपवासबाट प्रसन्न हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात रत्नागिरी पर्वत हालको नगरकोटको पूर्वबाट बहेर आउनु भएका नन्दीमती (भगवती) को संगम (दोभान) मा राज हुनुभयो छ । देवादी देव महादेव निलकण्ठ एक्लै नन्दीमती तर्पm अगाडी बढनु भयो ।
निलकण्ठ पनौतीबाट नन्दीमती हुँदै हालको नाला पश्चिम रत्नचुदेश्वर (नगरकोट) उकालो लाग्ने क्रममा प्यास लागेर पानी खानखोज्दा पार्वतीले पृथ्वीबाट पानी निकाली कुण्डको श्रृजना गरि पानी बहाई दिनु भयो । स्थानिय कहावत अनुसार निलकण्ठले प्यास बुझाएर केहीबेर आराम गरेर गाँजा सेवन पछी अगाडी बढनु भयो । उक्त कुण्डबाट निरन्तर नदीको रुपमा पानी बहन थाल्यो । कुण्डको नाम महादेव पोखरी र बगेको नदीको नाम पुण्यमाता रहन पुग्यो । पुण्यमाता नदी नाला अगावै पूर्वबाट आएको नन्दीमती संग मिलेपछि पद्मावती नदीको नामले कहलिन थाल्यो । कुण्डमा ऋषी मुनीहरु आई तपस्या गरि रत्नचुदेश्वर महादेव नामको शिवलिंङ्गको स्थापनागरी दैनिकी पुजा प्रार्थनाको अतिरिक्त हरेक बर्ष जनैपूणर्ेको दिन शैव मार्गी र बौद्ध मार्गीहरुको ठूलो मेला लाग्ने गर्दछ जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.क्ष्म्भ्डत्रक्mखध्हड (थप जानकारीको लागी यो यू टूब हेर्नु होला) ।
यहाँ बासुकी नागराज बारे केही थपजानकरी दिनु उचित होला । दैवलाई पनि शत्रु लाग्छ भने झै बासुकी नागलाई पनि गरुडले आक्रमण गर्‍यो । बासुकीनाग कहिले पद्मावती खोला माथील्लो भागतर्फ भाग्ने तथा कहिले रोसी (लिलावती) खोला माथि तिर दौदिन थाल्यो । नाग पानी भित्र डौडन थाले संगै खोलाको ढुंगा पनि नागसंगै फर्कन थाल्यो । गरुडलाई नाग कता भागेको छ भन्ने पत्तालगाउन गाह्रोभएन । यो कुरा थाहापाएर बासुकी नागले आफ्नो बासस्थानबाट लिलावती खोलै खोला माथी लाग्नु भयो । खोलाको ढुंगाहरु माथीतिर खोलाआए तर्पm फर्किए । गरुडले नदेखेको मौका छोपी हालको काथंगणेश नजिक, बासुकी नागले मनुष्यको रुपधारण गरी जमिनमा हिडडै आफ्नो बासस्थान दोभानमा पुगेर नागरुप धारणगरि पसे । उनि फेरी पद्मावती खोला माथीतिर बहनथाले खोलाको ढुंगाहरु माथीतिर खोलाआए तर्पm फर्किए । गरुडले नदेखेको मौका छोपी सतिवन काटेपछि हालको ठाडोबाटो नजिक बासुकीले मनुष्यको रुपधारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान पुगेर नागरुप धारण गरि दोभानमा पसे । पछि सम्झनामा बनाईएको नागराजको मूर्तिको फोटो दायाँ राखिएको छ । दुवै खोलाहरुको ढुंगा उल्टो फर्किएपछी गरुडलाई बासुकी नाग बसेको स्थान पत्तालगाउन गाह््रोभयो । गरुड थाकेर फर्किए भने, नाग सुरक्षित साथ उक्त स्थानमा बिराजमान भए । अफसोच ती पद्मावती र लिलावती नदीहरुका ऐतिहासिक प्राकृतिक सम्पदाहरुलाई बि.सं. २०४६ सालको राजनैतिक परिवर्तन बाट बि.सं.२०५३ मा स्थापित नगरपालिकाले ढुंगा मास्नेकाम सुरुवातगर्‍्यो र हालआएर उक्त अमूर्तसंम्पदाहरु निमित्यान्न हुदैछ ।
लिच्छवी राजा नरेन्द्र देवको पालामा गोरखनाथले काठमाण्डौ उपत्यकाका नागराज कर्कोटक सहित सबै नागहरुलाई थिचेर बस्दा काठमाण्डौ उपत्यकामा अनाबृष्टी भई कृषीकार्य हुन सकेन । हाहाकार हुन थाल्यो । गोरखनाथबाट नागहरुलाई छुटाउन काठमाण्डौमा बृष्टी गराउन कामरुपा (कामरु कामाक्ष) बाट मत्क्षेन्द्रनाथ ल्याउनु पर्ने निष्कर्षमा पुगे । कामरुपा जान नदी तर्नुपर्ने, पुल थिएन । काठमाण्डौका तान्त्रिक बन्धुदत्तले पुलकोलागी पनौतीका बासुकी नाग उपयुक्त हुने भनि भक्तपुरका राजा नरेन्द्र देवलाई सुझाए । तत्कालिन भक्तपुरका लिच्छवी राजा नरेन्द्रवले काठमाण्डौका तान्त्रिक बन्धुदत्त र पाटनका ललित भरिया मिलेर पद्मावतीमा गएर बासुकी नागराजलाई भेटन गए । तान्त्रिक बन्धुदत्तले नागराज बासुकीलाई तिमी कति ठूलो हुनसक्छौ भनि सोधे । नागराज बासुकी आफ्नो सरिर तन्काउदै हालको ब्रम्हायणी बाट सुमेरु पर्वतलाई तिन चक्कर लगाएर टाउको पारीपट्टी हालको ईन्द्रेश्वर मन्दिर भएको स्थानमा अड्याय । अब कति सानो हुनसक्दछौ भनि सोद्घा बिस्तारै सानो हुँदै कमिला जत्रो भएर देखाए । तान्त्रिक बन्धुदत्तले हत्तनपत्त मौकाछोपी मच्छेन्द्र नाथ ल्याउन लगेको करुवा भित्र आफ्नो जालमा पारेर बचनबद्घमा पारेर मत्क्षेन्द्रनाथ ल्याउन लगे । तान्त्रिक बन्धुदत्तले आराधना गरि मच्छेन्द्रनाथ लाई भमरा बनाई करुवा भित्र राखेर ल्याएपछि बासुकी नागराज पनि आफुलाई बोकेर हिडने ललितसंगै पाटनमा गईबसे । तरपनि नागराज ज्याःपुन्ही जात्रा हेर्न हरेक बर्ष जात्राको चार दिन अगाडी हावाहुरी र पानी सहित पनौती आउने र जात्रा सकिएको चारदिन पश्चात हावाहुरी र पानी सहित उहिबाटो फर्कने किंबदन्ति रहेकोछ । किबदन्ति मात्र होइन अभैm पनि जात्राको चारदिन पहिले हावाहुरी र पानी आउने चारदिन पछाडी हावाहुरी र पानी जाने गर्दछ । नागराजबारे अर्कोपनि रोचक कहानी छ, त्यो हो दुईचा ङाएकेगु । ज्या पुन्हीमा सुमेरु पर्वतको काखमा रहेको ब्रम्हायणीमा पुजागर्न जान पद्मावती खोलातर्न सकेनन् । दिनभरी छलफल भयो रातपर्‍्यो कसैले खोलातर्न आँटगरेनन् । अन्तत मध्यरातमा स्थानिय तान्त्रिक र राजाको अनुरोधमा ज्या पुन्ही जात्राहेर्न आएका बासुकी नागराज पद्मावती खोलामा पुल बनिदिए । नागराजको पिठ्यूमा हिँडने कुनै महिलाहरुले हिम्मत गरेनन् । अन्तत् दुई जातको एक महिलाले हिम्मतका साथ नागराजको पिठ्यूमा खुट्टाको औलाबाट कोपर्दै पाईताला घिसार्दै खोला तरेका थिईन । अभैm पनि उक्त पुजायात्रामा आधुनिक पुलमा पनि औला कोपर्दै र पाईताला घिसार्दै खोला तर्ने सँस्कार कायम रहेको छ । यसलाई दुईचा ङाएकेगु भनिन्छ ।
निलकण्ठ भगवान रत्नचुदेश्वरबाट उत्तर तर्पm शिवपुरीको जंगल तर्पm लाग्नुभयो । शिबपुरी जंगलमा तपश्यारत ॐ बाबाका अनुसार निलकण्ठको उत्तर यात्राको क्रममा राम्रो जंगलमा खुसी भएर जंगल भित्र सवार हुँदै जाँदा प्रफुल्ल भएर हाँस्दा मुक्तीको लागी श्रृष्टी गर्नु भएको बाग्द्वारबाट बागमती नदी बहेकोछ । बाग्द्वारमा रहेको पत्थरलाई शतरुद्रेश्वर १०८ मध्ये ७० औं रुद्र हुन भनेका छन् । उक्त जंगलको नाम पनि शिबपुरी रहन गयो । बिषको डहबाट जंगल भित्र भौतारिदै उत्तर तर्पm सवार निलकण्ठ भगवानले बिच बाटोमा प्यास लागेर आफुसंग ल्याएको बेतको लठ्ठी धर्तीमा गाडेर पानी निकाल्नु भएको र नदी बन्यो, अहिले उक्त नदी बेत्रावती नदी नामले प्रसिद्धि कमाएकोछ । स्कन्दपुराण र हिमवतखण्डका अनुसार विषले छटपटाउँदै हिँडेका निलकण्ठले एउटा हिम पहाडमा त्रिशुलले घोपी पानी निकालेर पीडा शान्त पारेको र उक्त ठाँउबाट निस्किएको जलकुण्ड जो अहिलेको गोसाईकुण्डमा जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.म्ध्गथ(ःक्ष्तभ्द्यक (थप जानकारीको लागी यो यू टूब हेर्नु होला) बिराजमान भई कालकुट बिषको डाहबाट मुक्ती प्राप्त गरि रसुवा गढी, केरुङ्गको बाटो हँुदै आफ्नो बासस्थान कैलाश प्रस्थान गर्नु भएको जनश्रुती रहिआएकोछ । गोसाईकुण्ड नजिकै भैरवकुण्ड, सरस्वतीकुण्ड, सुर्यकुण्ड, दुधकुण्ड, गणेशकुण्ड सहीत सेरोफेरो नजिक र टाढा गरी साना ठूला १०८ कुण्ड रहेका छन् । गोसाईकुण्डबाट निस्केर बगेको पानी त्रिशुली नदीको नामले प्रसिद्धि पाएकोछ ।
कान्तिपुरका मल्ल राजाहरुले राजगद्दीमा बसेका पहिलो अथवा दोश्रो बर्षमा सुन्दरीजलको बाटो भएर गोसाईकुण्डमा स्नान गर्ने चलन भएको इतिहासमा उल्लेखछ । नेपाल मण्डल स्वणर्युगका राजाहरुको गोसाईकुण्ड धार्मीक तिर्थाटनबाट फर्केर चाँगु नारायण र पशुपतिमा गएर पूणर्ता दिने प्रथा चलाएका थिए । बिभिन्न धर्मालम्बीहरु मध्ये हिन्दु, बौद्ध र बोन्पो (तान्त्रिक) समुहले गोसाईकुण्डलाई आ-आफ्नै ढंगले ब्याख्या गरेकाछन् ।
हिन्दु किंबदन्ती ः- कालकुट विषले छटपटाउँदै हिँडेका निलकण्ठले एउटा हिम पहाडमा त्रिशुलले घोपी पानी निकालेर पीडा शान्त पारेको र उक्त ठाँउबाट निस्किएको जलकुण्ड, गोसाईकुण्डमा बिराजमान भई कालकुट बिषको डाहबाट मुक्ती प्राप्त गर्नु भएको जनश्रुती रहिआएकोछ । पोखरी भित्र उत्तानो परेर सुतिरहेको मानव आकारको ढुंगा रहेकोछ । तिर्थयात्रीहरु बेला बखत माहादेव कैलाशबाट आएर पोखरी भित्र सयन गर्ने र यो दृष्य धर्मात्मा भक्तजनहरुले मात्र देख्न सक्ने जनबिश्वास रहेकोछ ।
बौद्ध किंबदन्ती ः- गोसाईकुण्ड भित्र मानव आकारको प्राकृतिक ढुंगाको मूर्ती छ । तिब्बतीहरु तालभित्र भएको मूर्ती आकारको ढुंगालाई फाग्स-पा थग्स-ज्रे चेन-पो (अवलोकितेश्वर) भनेर मान्दछन् । त्यो मूर्ती खरानी-नीलो रङ्गको छ । नौ वटा सर्पका टाउकाले संरक्षण दिईरहेको देखिने उक्त मूर्ती पानीमा उत्तानो परेर सुतिरहेको जस्तो देखिन्छ । उनिहरुले आफ्नो भूगोलको कितावमा “द्जाम-ग्लिङ्ग-ग्योस-बसाद” मा उक्त नाम दिएका छन् ।
बोन्पो (तान्त्रिक) किंबदन्ती ः- तामाङ्ग बान्पोहरु गोसाईकुण्डलाई बिभिन्न नामहरु दिएका छन, छो कर – सेतो कुण्ड, ह््याप क्षेग्याल – पिता, ह््युम फमा डोल्मा – माता र ल्हाक्षेम्पो मादेउ – ठूला भगवानको रुपमा मान्ने चलनछ । बोन्पो झाँक्रीहरु धेरै कुण्डहरु पुज्ने गर्दछन् । ती मध्ये गोसाईकुण्डलाई सबैभन्दा ठूलो देवताको रुपमा लिन्छन् – सयौ बान्पोहरु भेला हुने पवित्रधाम भनिन्छ । उहिले भैरवकुण्ड (छोना) को नागले गोले बोन्पो लाई तानेर कुण्डभित्र लगेको जनश्रुती अनुसार तामाङ्ग समुदायकै गोले वंशका बोन्पो झाँक्रिहरु भने गोसाइँकुण्ड जाँदैनन् ।
गोसाईकुण्डमा हिन्दु तथा बौद्ध मार्गीहरुबाट दैनिकी पुजा प्रार्थनाको अतिरिक्त बर्षको दुई पटक मेला लाग्ने गर्दछ । १) गंङ्गा दशहरा – वेगवान गंङ्गालाई पृथ्वीमा ल्याउने क्रममा महादेवले जटामा राखेर थामिदिएको पुराणमा वणर्ीत छ । गंङ्गा पृथ्वीमा अवतरण भएको दिन जेष्ट शुक्ल प्रतिपदाबाट शुरुभई दशमी सम्म लगातार १० दश दिन मनाउने गरिन्छ । पौराणिक मान्यताअनुसार यसदिन गंङ्गा स्नान गर्नाले बिशेष फल प्राप्त हुन्छ तसर्थ यसदिन कुनै पवित्र नदी वा तलाउको पुजा अर्चनाका साथ देवादि देव माहादेवलाई जलाभिषेक गरिन्छ । दश प्रकारका पापको नाश हुने यसदिन दान तथा उपवासको बिशेष महत्वछ, २) जनैपूणर्े – श्रावन शुक्ल पूणर्ीमाका दिन सबै देवी, देवताहरुको गोसाईकुण्डमा जमघट हुने र भगवान शिव पनि जनैपूणर्ेका दिन कैलाशबाट गोसाईकुण्डको तलाउमा आएर बिराजमान हुने बिश्वासल उक्त दिन कुण्डमा पुजा तथा स्नान गर्दा सबै देवताहरुको दर्शणबाट मोक्ष प्राप्तहुने र धर्म मिल्ने जनबिश्वास रहिआएको छ । तागाधारीहरुले जनैपूणर्िमाका दिन, सक्नेहरु गोसाईकुण्डमा र नसक्नेहरु आफु नजिक ताल, तलाउ, नदी वा कुण्डमा गई बैदिक रुद्राभिषेक पद्धतीबाट मन्त्रिएको जनै तथा रक्षाबन्धन धारण गर्दछन् ।
बौद्धमार्गीहरु गोसाईकुण्डलाई बोधिसत्व अवलोकितेश्वरको रुपमा पनि पुज्ने गरिन्छ । उनिहरुको अनुसार अवलोकितेश्वर आफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दिन दुखी प्राणीहरुको सहायता गर्दछन् । महायान बौद्ध धर्म सम्प्रदायको सबै भन्दा लोकप्रिय बोधिसत्व अवलोकितेश्वर हो । यी देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरुमा बताइएको छ ।
बोम्बो धर्म मान्ने तामाङ्ग जातका लामा झाँक्रीहरुको सिद्धि प्राप्तीको थलो बनेकोछ । नयाँ झाँक्री सिकेपछि कुण्डमा गएर पुजा गर्नुपर्छ । बोन्पो झाँक्रीको मृत्युपछि उनको आत्मा (बेन्से) लाई गोसाईकुण्डमा पुजा गरेर कुण्डदेखी पश्चिममा रहेको डुप्खङ गुफामा तोर्मो बनाएर बिदाइ गर्ने परम्पराछ । तामाङ्ग तथा लामाहरु मृतकहरुको नाममा बत्ती बाल्ने, लुङ्डर चढाउने, कोरछ्याङ (दान) र छो (प्रसाद) बाडछन् । जिवनका बिभिन्न कर्मकाण्डको सुद्धिकरणको लागी समय सापेक्ष गोसाईकुण्डमा पुजा प्रार्थनाको लागी जाने गरेका छन् । गोसाईकुण्डमा स्नान गरेपछि दुःख बिराम र ग्रहदशा काटन सकिन्छ भन्ने बिश्वासछ ।
तिर्थालुहरु गोसाईकुण्डमा स्नान गरे मनले चिताएको कुरा पुरा हुन्छ भन्ने ठूलो बिश्वासछ । जीवनभरिमा सके तिनपटक नसके एकपटक भए पनि गोसाईकुण्डमा गएर पूजा गर्दा आफ्नो लक्ष्य र उदेश्य पूरा हुने तामाङ्ग समुदायमा धार्मिक बिश्वासछ । गोसाईकुण्डमा हरेक बर्ष मनाईने माथीका दुई मेलाकको अतिरिक्त अर्को दुई मेला लाग्ने ३) कार्तिक पूणर्िमा र ४) फागु पूणर्िमा गर्दछ । यी मेलाहरुमा खासगरि स्थानियहरु र पर्यटकिय दृष्टिकोणले जाने धर्मालम्बी तथा प्राकृती प्रेमीहरुले भागलिने गरेका छन् ।
स्थानियहरुको भनाईमा निकण्ठ महादेव गोसाईकुण्ड बाट रसुवा गढी, केरुङ्गको गेफुगुफा हुदैं मान सरोवर र कैलास जानुभएको सुनाउदछन् । त्यस बिचमा पनि निलकण्ठको बसाईहरु हुनसक्दछ । तिनिहरुको उजागर गर्न बाँकि छ ।
माथीको बिबरण अनुसार कालकुट बिषलाई कण्ठमा राखेर भारतको बिहार राज्य, बाँका जिल्ला, भागलपुरमा अवस्थित मदार पर्वत देखी गंङ्गा नदी, नेपालको सप्तकोशी, बराहक्षेत्र बाट सुनकोशी कुसेश्वर दुम्जाबाट रोसी नदीको लडकेश्वर, फडकेश्वर, पनौतीको त्रिवेणी बाट पद्मावती (पुयण्यमाता) नदीको मुहान रत्नचुडेश्वर पर्वतको महादेव पोखरी, गोकणर्, शिवपुरीको जंगल बागद्वार हुदै बेत्रावती, गोसाईकुण्ड देखी रसुवा गढी, चीनको केरुङ्ग भएर मानसरोवर कैलश फिर्ति सवार भएको देखिन्छ । यो मार्गको एउटा वित्तचित्र (भिडियो) बनाई चार भाषा नेपाली, हिन्दी, चिनीयाँ र अङ्ग्रेजी भाषामा यात्राको ब्याख्या (कमेन्ट्री) भरि यू टुवमा दाखिला (डाउनलोड) तथा सिडी बनाई प्रचार प्रसार गर्नसके बिश्वकै ठूलो धार्मिक/सामाजिक पर्यटकिय क्षेत्र बन्ने थियो ।

Like