योग, ध्यान गरौं, स्वास्थ्य बनौं – प्रधानमन्त्री ओलि

Share to:

रांससा/काठमाण्डौं,पौष ६,

मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावनकल्याणका निम्ति भएको बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरे । ‘हामी सबैले ध्यान दिवसको सदुपयोग गरौँ’, उनले भने, ‘यसबाट लाभ लिऔँ।’ मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उनको भनाइ छ।ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले दिवसमा मात्र नभई ध्यानलाई दिनचर्याको अंग नै बनाउन आग्रह गरेका छन्। ‘वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन’, उनले भनेका छन्, ‘ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ।’

Like