सबै तहमा २०८४ को चुनाबमा भाग लिन तयार छौ : महासचिव बिप्लब
टिकाराम सिंह/काठमाण्डौं, मार्ग ०८,
मुलुकमा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द बिप्लबले आगामी २०८४ सालको चुनाबमा भाग लिन आफुहरु तयार रहेको उद्घोष गरेका छन । काठमाडौंमा आयोजना गरेको ११ औ पार्टी पुनर्गठन दिबसको अवसरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन ।
जसको लागि सरकारले आफूहरुसंग गरेको ३ बुदे सहमती लागू गर्नुपर्ने र आफ्ना जेलमा रहेका नेता कार्यकर्ताहरु माथी लगाइएका मुद्दा खारेज गरेर रिहा गर्नुपर्ने माग राखेका छन। सो क्रममा बोल्दै महासचिव बिप्लबले अहिले नेपालमा भ्रष्टाचार कोरोना भाईरस जसरी फैलिएको दाबी गरेका छ्न । अहिले स्थानिय तह देखि सम्पुर्ण ठाउमा भ्रष्टाचार मौलाएको र यी पुराना पार्टीहरु एकले अर्कोलाई भ्रष्टाचारको दोष लगाए पनि सबै पार्टी उस्तै रहेको र भ्रष्टाचारमा डुबेको दाबी गरेका छन। त्यस्तै अहिलेको सरकार रातारात ढल्न सक्ने पनि दाबी गरेका छन । प्रचण्ड सरकारमा हुदा पनि सरकार ढल्दैन भन्दै भाषण गर्दै हिड्थे तर सरकार रातारात ढल्यो त्यस्तै आहिले ओलि जि पनि सरकार ढल्दैन भन्दै भाषण गर्दै हिड्छन तर, सरकार कतिखेर ढल्छ केही निश्चित छैन भन्दै ओलि सरकार पनि ढल्न सक्ने दाबी गरेका छन। सम्बोधनको क्रममा अहिले देशमा निराशा छाएको र सरकार नै युवा बिदेश पलाएन गर्न तल्लिन रहेको समेत बताएका छन । अहिले मुख्य कुरा युवा बिदेश पलाएन रोक्नुपर्ने र अहिलेको पुस्ताले देश बचाउन र देश निर्माण गर्न त्याग र बलिदान गर्नुपर्ने तर्क गरेका छन । आफ्नो पार्टीभित्र निराशा नरहेको उल्लेख गर्दै अब सम्पुर्ण जनता बिदेश नगएर बरु भोकै बस्न तयार भएर भए पनि देश निर्माणमा लाग्नुपर्ने धारणा राखेका छन। त्यस्तै अमेरिकी सेना नेपाल छिराउन एसपिपी लागू गर्ने षड्यन्त्र भैरहेको दाबी गरेका छन भने चिनियाँ बिआर आई सम्झौता गर्दा कुनै नराम्रो नहुने भन्दै बि आर आई परियोजना सम्झौता गर्नुपर्ने समेत दाबी गरेका छन।