व्यक्ती एक प्रतिभा अनेक व्यक्तित्व डा. इन्दुल केसिको ८४ औं शुभ जन्मोत्सव मनाइयो

Share to:

चन्द्रसिं लामा/काभ्रे, मार्ग ०८,

राष्ट्र संरक्षण साप्ताहिकका सल्लाहकार एवं व्यक्ति एक प्रतिभा अनेकका धनी डा. इन्दुल केसिको ८४ औं शुभजन्मोत्सव शब्द यात्रा प्रकाशन नीलकण्ठेश्वर धाम परिसरमा भव्यताकासाथ मनाइयो । बहुमुखी प्रतिभाका धनी अग्रज डा इन्दुल केसीको ८४ औं जन्मोत्सव, शब्दयात्रा प्रकाशन र वहाँका परिवार सदस्यहरुको संयुक्त आयोजनमा धुमधाम साथ मनाइयो । धार्मिक विधि अनुसार पूजा गरि मनाइयो । पूजा विधि पाैडेल गुरुले गर्नुभएको थियोे भने औपचार कार्यक्रमको अध्यक्षता शब्दयात्रा प्रकाशनका अध्यक्ष हरिमञ्नुश्री अग्रासनमा अग्रज डा. इन्दुल केसी, मच्छेश्वर सापकोटा, पदम दाहाल हुनुहुन्थ्यो । आतिथ्य सत्कार जयनारायण नेपालले डा. केसीको जीवनी बारे जानकारी पदम दाहालले शुभकामना मन्तब्य हरिमञ्जुश्रीले र कार्यक्रम संचालन शिव बञ्जाराले गर्नुभएको थियो । प्राकृतिक विपद कोषमा उठेको रकम बारे जानकारी कालिका त्रिपाठी पन्तले र कार्यक्रम ब्यवस्थापन सहयोग संगीता केसी खड्काले गर्नुभएको थियोे ।
उक्त अवसरमा विद्वत मित्र डा. इन्दुल केसीको बारेमा स्व. सत्य मोहन जोशीद्वारा लिखित, रोशन मञ्जुश्री अधिकारीद्वारा संपादित “३० भाषामा अनुबाद गरिएको” दुई थुँगा फूल कृतिको सार्वजनिकीकरण गरिएको थियो । केही भाषामा वाचन र डा. इन्दुल केसीका बिषयमा रचित कबिता समेत वाचन गरिएको थियोे ।
शब्दयात्रा प्रकाशन अक्षरसेवी कोषबाट प्राकृतिक बिपत्तिमा परेका साहित्य सेवी पत्रकार आर सी बिरहीलाई रु २५०००/- र डा. इन्दुल केसीबाट ब्यक्तिगत रु ५०००/- सहयोग समेत प्रदान गरिएको थियो ।
८४ औं जन्मोत्सवको सुखद उपलक्ष्यमा व्यक्ती एक प्रतिभा अनेक हाम्रा सल्लहकार डा. इन्दुल केसीलाई हामी सबैको तर्फबाट आरोग्यता तथा दीर्घ जीवनको हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

Like