माइतीघरमा पनि रवि लामिछानेको समर्थनमा प्रदर्शन
रासंसा/काठमाण्डौ, कार्तिक ०३,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शनिवार सो पार्टीको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो ।प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी गरेका समेत गरेका छन् । विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध गरेका थिए । उनीहरुले केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको भन्दै उसको कदमले जनताले दुःख पाएको भन्दै आक्रोश पोखेका थिए । यस्तै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार काठमाडौंमा पक्राउ गरेर शनिबार पोखरा ल्याइएको हो। सभापति पक्राउ परेपछि शनिबार रास्वपाका शीर्ष नेताहरु यति बेला पोखरामा छन्। आज दिउँसो १ बजे पोखराको मानवअधिकार चोकमा रास्वपा सभापति पक्राउको विरोधमा सभा हुने कार्यक्रम छ। यसका गि देशमा विभिन्न स्थानबाट समेत रास्वपा कार्यकर्ता पोखरा आएका छन्।