अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

देश ‘एमाले र माओवादीले देखाएको बाटो हिंडेर सफल हुँदैन’

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ५,

मुलुकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीले देखाएको बाटो हिंडेर देश सफल नहुने बताएका छन्। नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसँग सहकार्य गरेपनि उनीहरूले देखाएको बाटो हिंडेर देश सफल नहुने बताए। त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताए। उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दाबी नगर्न सुझावसमेत दिए। शर्माले सहकारी प्रकरणमा नाम आउने वितिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे। कांग्रेसले देखाएको बाटोमा अन्य दल हिंडेमात्रै देश सफल हुने उनको भनाइ छ। उनले अन्य दललाई बाटो देखाउने गरी कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्ने धारणा राखे। सिटौलाले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरूलाई सहमतिमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच वर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे। त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा उनको जोड थियो।

Like