Sunday, October 18, 2026
Latest:
अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

संविधान दिवस ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियामा एकै पटक मनाइयो

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ५,

मुलुकमा विश्वका विभिन्न मुलुकका राजधानीस्थित नेपाली नियोगमा संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएका समाचार आज पनि प्राप्त भएका छन्। ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लले आतिथेय मुलुकका उच्च पदस्थ अधिकारी, नेपालका मित्र, कामको सिलसिलामा त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाली तथा त्यहाँ सेवारत विभिन्न देशका कूटनीतिकज्ञको उपस्थितिमा स्वागत समारोह आयोजना गरेका थिए। राष्ट्रिय दिवसका अवसरमा शुक्रबार ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियास्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका ती नियोगले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन्। राजदूत भण्डारी, ओली, सुवेदी र काफ्लले संविधान दिवसको महत्त्वबारे चर्चा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्थिक–सामाजिक उन्नयनका निम्ति प्रवासी नेपालीले पनि सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्ने तथा ज्ञान र प्रविधि हस्तान्तरणमा सघाउन आह्वान गरेका थिए।

Like