आज गणेश चतुर्थी, राष्ट्रिय धर्मसभा दिवस, निजामती सेवा दिवस मनाइदै
गणेश चतुर्थी, राष्ट्रिय धर्मसभा दिवस, निजामती सेवा दिवस
श्री गणेशाय नम ::
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।
“सृष्टिको रक्षा गर्ने भगवान विष्णुलाई म प्रणाम गर्दछु, जो प्रशान्त हुनुहुन्छ, जो दिव्य सर्पमा विराजमान हुनुहुन्छ, जसको नाभिबाट सृष्टिको शक्तिले कमल उत्पन्न हुन्छ, जो परमात्मा हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्नुहुन्छ, जो परमात्मा हुनुहुन्छ। आकाश जस्तै सर्वव्यापी, जो बादल जस्तै कालो छ र भव्य रूप छ। लक्ष्मीका स्वामी, कमल नेत्र भएका, जो योगीहरूले ध्यानद्वारा बुझ्छन्, म तिमीलाई नमस्कार गर्दछु, लौकिक अस्तित्वको भय हटाउने र जो सबै जगतका स्वामी हुनुहुन्छ।”
हिन्दुधर्मावलम्वीहरु हरेक शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नवीन चिन्तन सुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरू बिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री गणेश गर्ने” । यस दिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समय बजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ । आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्री गणेशको जन्मदिन । हिजो तृतीया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमुर्तिको जन्मदिन । कसै कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्दछन् । गणेश भनौँ या विनायक भनौँ या गजा धर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान् गणेश कै हो । १०८ वटा विभिन्न नाम भएका भगवान् गणेशलाई कला र साहित्यको भगवान् पनि मानिन्छ र उनको जन्मका बारेमा दुई खाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतिबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवाधिदेव महादेव उत्तरतर्फ गई हात्तीको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेको छ । अर्को किवंदन्तीका अनुसार देवताहरूको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्न हर्ताका रूपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थी नेपाल लगायत भारत, मरीसस, फिँजी लगायतका दक्षिण पूर्वी एसियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थीमा सुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान् गणेशको प्रतिमा स्थापित गरी रङ्गिन पण्डालहरु लगाएर ४ चरणमा पूजा गरिन्छ । प्राण प्रतिष्ठा अर्थात् भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात् सोह्र तरिकाले भगवान् गणेशको अनुष्ठान गर्ने, उत्तर पूजा अर्थात् प्रतिमालाई एक ठाउँबाट अर्को ठाउँ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात् प्रतिमालाई नदी, खोला अथवा सफा जलाशयमा मा विसर्जन गर्ने क्रमहरू हुन्छन् । यसरी सुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारिक रूपमा खोलामा विसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।
राष्ट्रिय धर्म सभा दिवस
आधुनिक समयमा भने धर्म सभाको सुरुवात को पृष्ठभूमि फरक छ ।
विसं २०६६ सालमा तत्कालीन नेपाल सरकारले ३ वटा संवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारिक सम्वतलाई ई सं बनाएर केवल ११ महिनाको एक वर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहित राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको थियो। वि. सं. २०६६ बाट नेपालभर राष्ट्रिय धर्म सभा दिवस मनाउने चलन छ । आजभन्दा करिब १०० वर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौँ जति बेला चन्द्रशमशेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधुनिक इतिहासमा बि।सं। १९६१ मा प्रथम पटक धर्म सभा भएको पाइन्छ जब चन्द्रशमशेरले सम्पूर्ण विद्वान अनि पण्डितहरूलाई निम्तो दिएर एक हप्ता लामो धर्म सभाको आयोजन गरेका थिए । त्यस धर्म सभा पछि नै नेपालको आधिकारिक र औपचारिक सम्वत विक्रम सम्वत भएको हो । विक्रम सम्वत आफैमा नेपाल सम्वत र ई।सं। दुबैका बहुल गुणहरू सहित वैज्ञानिक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात् नेपाली परम्पराको रक्षार्थ औपचारिक रूपमा धर्म सभा को दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थीका दिन हरेक वर्ष राष्ट्रिय धर्म सभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराई ले बताउनुभयो । यस वर्षको धर्म सभा दिवसले आगामी वर्षहरूमा पनि नेपाली जनको पहिचान, आस्था, परम्परा र रीतिलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपाली जनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूमा धर्म सभा दिवसको शुभकामना व्यक्त गर्दछ । सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभा मार्फत् सम्पूर्ण धर्म, समुदाय अनि परम्पराहरूको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्म सभा नेपाल एउटा सस्थांका रुपमा नेपाली जनको धर्म अनि वैदिक सनातन संस्कार मात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ । यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतिको रक्षार्थ धर्म सभा ले पञ्चागं निर्णायक समितिसँग पनि नजिकै रहेर कार्य गर्ने, हरेक वर्षका पात्रोहरूमा समावेशी चाड अनि तिथिहरू समावेश गराउने सम्मका कार्यहरूको पनि पहरेदार गर्दछ । हरेक वर्ष धर्म सभा समितिले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरूको रक्षा र संवर्द्धन गर्ने कार्य गरेको छ ।
निजामती सेवा दिवस
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्वप्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रकारुपमा ब्याख्या गरेका छन् । नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस । बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ । उनका अनुसार राज्यको इच्छा लाई साकारतुल्याउन अनि राज्यलाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइक्न हामीले चुनेर पठाएका प्रतिनिधीहरु र तिन्को जनताप्रतिको अभिारा वहन गर्ने निकाय हो, कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित गर्नेहरुलाई दण्ड सजायको ब्यबस्था गर्ने गर्दछन् । राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रि अभ्यासले सुनिश्चिित गरेको भएतापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरु सहज प्रशाशन अनि सुलभ राज्यको पहुँचमा छैनन । राज्य अहिले पूर्नसंरचनाको क्रममा छ र यस क्रममा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण छ, अर्कोतर्फ राज्यले पनि कर्मचारीलाई जिवन चलाउन सक्ने वेतन प्रदान गर्न सकोस ताकि उनिहरुले आफ्नो दायित्व पूरा गर्न कुनै चोरवाटो अवलम्बन गर्ने जरुरत नहोस । बनेका प्रतिवेदन र योजनाहरु लागु फाइलमा मात्र थन्किनको साटो लागु होस्, नयाँ नेपाल श्रृजनामा निजामती कर्मचारीको आदर्श र मनोवलमा कतैवाट आँच नआओस । हामीमध्य धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिरखेका छौँ, भोलि गएर निजामति सेवालाई अझ प्रभावकारी र स्वच्छ वनाउने हाम्रो उत्कट चाहना रहन जरुरी छ । मुख्यतया हामीले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस, राजनिती र कर्मचारीतन्त्रविच स्पष्ट सिामङ्कन होस, एउटा पारदर्शि, सेवामुखी र भ्रष्टाचारविहिन प्रशाशनको परिकल्पना पूर्ण होस । निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् ।