Saturday, October 17, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

भारतको नेपालमा प्रत्यक्ष वैदेशिक धेरै लगानी

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १५,

मुलुकमा आर्थिक वर्ष २०७९/०८० सम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकको सर्भेक्षणअनुसार प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भएको छ। नेपालले छैटौं योजना (राष्ट्रिय योजना आयोग, २०३७ साल) मा उल्लेख भएपछि आर्थिक वर्ष २०३७÷०३८ देखि विदेशी लगानीमा जोड दिएको छ। छिमेकी मुलुक भारतको नेपालका लागि कुल वैदेशिक लगानीमा सबैभन्दा बढी उत्पादन क्षेत्रमा रहेको छ। भारतले ३८.४ प्रतिशत उत्पादन क्षेत्रमा लगानी गरेको छ। दोस्रोमा भने विद्युत्, ग्यासलगायतको क्षेत्रमा कुल लगानी ३४.५ प्रतिशत रहेको छ। यता, अर्को छिमेकी मुलुक चीनले भने विद्युत्, ग्यासलगायतको क्षेत्रमा ७७.६ प्रतिशत लगानी रहेको छ भने दोस्रोमा ३८ प्रतिशत उत्पादन क्षेत्रमा रहेको छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ। सर्भेक्षणको प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् १ खर्ब ३ अर्ब ४५ करोड (३५ प्रतिशत) रहेको छ। नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको देखिन्छ। प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ। त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ। नेपालमा स्वीकृत एफडीआई र वास्तविक शुद्ध एफडीआई प्रवाहबीच ठूलो अन्तर छ। सन् १९९५÷९६ देखि २०२२÷२३ को बीचमा कुल वास्तविक एफडीआई प्रवाह कुल एफडीआई स्वीकृतिको करिब ३५.० प्रतिशत रहेको छ। वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको छ।

Like